Aamsanchar

देशभर दसवटा सिग्नेचर पुल बन्ने

Author Image
सोमवार, असार ८, २०७७

प्रतिकात्मक तस्वीर

काठमाडौं – देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।

दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी ९चितवन०, विजयपुर खोला ९कास्की०, रतुवा खोला ९दमक०, गछियाखोला ९मोरङ०, तमोर नदी ९धनकुटा सडक, धरान०, बाग्मती नदी ९शङ्खमूल, काठमाडौँ०, तिनाउ नदी ९बुटवल०, रोहिणी नदी ९भैरहवा०, बकैया नदी ९मकवानपुर० र बाग्मती नदी ९सर्लाही–रौतहट०मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।

पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिए । ‘सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने जानकारी उनले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर