काठमाडौं । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढगले बनाइरहेको ।
कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन ९बीआरओ० ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तिब्रता दिएको हो ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भुभाग तवाघाटबाट लिपुलेख हुँदै मानसरोबर जाने सडक बैशाख २६ गतेमात्रै उदघाटन गरेका थिए ।
त्यसपछि धार्मिकस्थल आदि कैलाश जानकार लागि सडक बनाइरहेको भारतीय दैनिक अमर उज्यालाले हालै लेखेको छ ।
त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ । ३४ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङहाङसम्मको ट्रयाक खोल्ने काम पूरा गरेको छ’, अमल उज्याला लेख्छ । –अन्नपूर्ण पोष्ट दैनिकबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 162