Aamsanchar

मोरङ अटो वर्कसपले पाँच कर्मचारीको संक्रमण लुकाएपछी

Author Image
बिहिवार, साउन २२, २०७७

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर लुकायो । राजधानीमा कोरोना संक्रमणकको भयावह अवस्था र नागरिक प्रवृत्तिलाई यस घटनाले गम्भीर रुपमा उजागर ग¥यो ।

काठमाडौं महानगरपालिका वडा–११ र प्रहरीले त्यहाँका कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी गराएपछि बल्ल कम्पनीले चासो देखायो ।
कर्मचारीको बढी आबत–जावत हुने कार्यालयमा वडा नम्बर ११ ले सिल गरेको जनाएको छ । तर कम्पनीले भने बिक्री केन्द्र नभई एउटा कार्यालयका कर्मचारीमा मात्र कोरोना संक्रमण देखिएको दाबी गरेको छ । कम्पनीले सोरुम र बिक्री केन्द्रमा सिल नगरेको जनाएको छ ।

कामपाको ११ वडामा रहेको प्रहरी कार्यालयका कर्मचारीलाई समेत कोरोनो देखिएपछि महानगरको सो वडा कार्यालय समेत सिल गरिएको छ ।
‘हामीले सो कार्यालयमा तत्काल काम नगर्न आग्रह गर्दै बन्द गर्ने निर्णय गरेको छौ’–वडा अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो । उहाँले महानगर वातावरण विभागको टोलीले सो कार्यालयमा सेनिटाइज गरेको जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएको जानकारी पाउने बित्तिकै महानगरीय प्रहरी वृत्त कालिमाटीलाई जानकारी गराएर कार्याल बन्द गराएका छौं, वडाअध्यक्ष तण्डुकारले भन्नुभयो ।
उहाका अनुसार सो कम्पनी अन्तर्गत बसुन्धरामास्कोडा र जीप कम्पनीको सर्भिस सेन्टरमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुईसातादेखि सर्भिस सेन्टर बन्द गरिएको छ ।
‘मैले जानकारी पाउने बित्तिकै प्रहरीको सहयोगमा तत्काल कार्यालय बन्द गर्न आग्रह गरेको थिएँ, बिहानै प्रहरी टोलीले बन्द गराएको छ –मोरङ अटो वक्र्सका सल्लाहकार एवं पूर्व डिआइजी किरण गौतमले भन्नुभयो ।

उहाँले भन्नुभयो– यस्तो अवस्था देखिएपछि कार्यालयका प्रमुख कार्यकारी अधिकृत र केही कर्मचारी मात्र बोलाइएको र केही दिन अन्य कर्मचारीलाई नआउन भनेको बताउनुभयो । अब सबै कर्मचारी नबोलाई आलोपालो रुपमा कर्मचारी बोलाएर पुनः सञ्चालन गर्ने तयारी भैरहेको उहाँको भनाइ थियो ।
कम्पनीका बजार प्रमुख रमेश धनेखुले एचआर प्रमुख मोहन थापासंग जानकारी लिन आग्रह गर्नुभएको थियो । लगत्तै थापासंग जानकारी लिन खोज्दा आफूलाई थाहा नभएको र सल्लाहकार पूर्व एआइजी किरण गौतमसंग बुझ्न बताउनुभएको थियो ।

दुई उच्च अधिकारीले थापालाई सबै विषयमा जानकारी भएको बताइरहदा उहाले अर्कै व्यक्तिसंग सम्पर्क गर्न पुनः आग्रह गर्नुभएको थियो । आफ्नै कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण हुँदा समेत खुलेयाम वर्कसप सञ्चालन गरेर सामाजिक उत्तरदायीत्व पूरा गर्न नसकेको विषय जानकारी गराउँदा उहाँले कुनै उत्तर दिन सक्नुभएन । बजार प्रमुख धनेकुले कम्पनीले आज बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने बताएको छ ।

महानगरीय प्रहरी वृत्त कालीबाटीका प्रमुख डिएसपी रुगम कुँबरले घटनाको बारेमा जानकारी हुनासाथ प्रहरी परिचालन गरी जानकारी लिएको बताउनुभयो । कम्पनीमा कार्यरत सात जना संक्रमितमध्ये एक जनालाई होटल सोल्टीमा क्वारेन्टिनमा राखिएको छ भने अरुलाई अस्पताल भर्ना गरिएको छ ।
कम्पनीले कार्याललयमा कार्यरत ५२ जनाको पिसिआर परीक्षण गरेको जनाउँदै सबैमा नेगेटिभ देखिएको जनाएको छ । कामपा–३ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले कम्पनीको वर्कसपका कर्मचारीमा कोरोना भएको हल्ला सुनेकोले यथार्थ विवरण संकलन गर्ने काम भैरहेको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर