Aamsanchar

संयुक्त अरब एमिरेट्समा पाँच महिनामा १ सय १० नेपालीले ज्यान गुमाए

Author Image
शुक्रवार, साउन ३०, २०७७

युएई । युएईमा गत पाँच महिनामा १ सय १० जना नेपालीले विभिन्न कारण ज्यान गुमाएको युएईका लागि नेपाली दूतावासले आज एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

ज्यान गुमाउने मध्ये हाल सम्म २६ जनाको शव नेपाल पठाईएको छ भने ६९ जनाको शव युएईमा नै दाहसंस्कार गरिएको छ । यसैगरी ४ वटा शव नेपाल पठाउने क्रममा रहेको छ । ११ वटा शवको विस्तृत रिपोर्ट आउने क्रममा रहेको दूतावासले जनाएको छ ।

यो पाँच महिनाको अवधिमा ज्यान गुमाउनेहरुमा ५ महिला र बाँकि पुरुष रहेका छन् । ज्यान गुमाउने मध्ये १ महिला सहित ३६ जनाको कोरोनाका कारणले ज्यान गएको हो ।

लकडाउनका कारण हवाई उडान बन्द भएका कारण युएईमा ज्यान गुमाउने नेपालीहरुको शव नेपाल पठाउन सकिएको थिएन । शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यम मार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गर्दै आएको थियो ।

१३ हजार नेपाली स्वदेश फर्किए

कोरोना महामारी सँगै विभिन्न कारण युएईमा समस्यामा परेका नेपालिहरु मध्ये हाल सम्म ८२ चार्टर उडन मार्फत १३ हजार ७ सय ८५ जना नेपालिहरु नेपाल फर्किएका छन ।

दुतावासले समस्यामा परि स्वदेश फर्कन चाहानेहरुको विवरण संकलन २८ अप्रिल २०२० देखि अनलाईन रजिष्ट्रेशन फारम खुल्ला गरेको थियो । उक्त अनलाइन रजिष्ट्रेशन फारम भर्नेहरुको संख्या हाल सम्म ४२ हजार पुगेको र अन्य माध्यम ९इमेल तथा फोन० बाट नाम टिपाउनेको संख्या ५ हजारको हाराहारीमा रहेको दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)