Aamsanchar

उपचार खर्च अभावमा छटपटाई रेहेकी मेनुकालाई बचाउन सहयोग रकम जुट्दै (दाताको नामावली सहित)

Author Image
मङ्गलवार, भदौ २, २०७७


चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरकी क्यान्सर पिडित मेनुका ढुङगेल (बास्तोला) लाई बचाउन सहयोग रकम जुटनेक्रमले निरन्तरता पाईरहेको छ ।

विगत ५ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी झापा कनकाई नगरपालिका वडा नं. ८, लक्ष्मीपुरकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको सिभिल अस्पताल परिसरमा छटपटाई रहेको अवस्थामा १५ दिन अघि बास्तोलालाई बचाउन कनकाई–८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा गठन गरिएको ‘मेनुका ढुङगेल (बास्तोला) बचाउँ’ अभियान मार्फत सहयोग रकम संकलन हुनेक्रमले निरन्तरता पाएको हो ।

सामान्य परिवारकी बास्तोलाको उपचारकोलागि घर परिवार संग खर्च जुटाउने सबै विकल्पहरु समाप्त भएपछी समुदाय प्रति सहयोगकोलागि अपील गर्दै उपचार खर्च जुटाइदिन गरेको आग्रहलाई स्थानिय जनप्रतिनिधी, समाजसेवीहरु र दर्जनभन्दा धेरै संघसंस्थाले अभियनमा जोडिएर सहयोगी दाताहरु संग रकम सहयोग गरिदिन अनुरोध गरिरहेको अभियानका उपाध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए ।

गत साउन १५ गते अभियान गठन गरिएको थियो, सोही दिन अभियन्ता र स्थानिय दाताहरुबाट एक लाखभन्दा धेरै रकम संकलन भएको थियो । उक्त रकमले तत्कालै उपचार खर्च अभावलाई सहज बनाउन संकलित रकम मेनुकालाई पठाईएको थियो । रकम प्राप्त भएपछि उनको उपचार कार्यले निरन्तरता पाएपछि यतीवेला उनको स्वास्थ्यमा क्रमस् सुधार हुदैआएको परिवारका सदस्य चन्द्र ढुङगेलले जानकारी दिएका छन् ।

मेनुकाको स्वास्थ्य र पारिवारिक अवस्थाको बारेमा संचारमाध्ययमहरुमा समाचार आएपछि देश विदेशका विभिन्न स्थानमा रहनुभएका नेपालीहरुबाट सहयोग रकम जम्मा हुन थालेको छ । पछिल्ला दिनमा मेनुकाको उपचारको लागि लीला राई फाउण्डेश यूकेबाट ५० हजार, ईन्दिरा ढुङगेल (सृजना शर्मा) को सक्रियतामा युएसएबाट ४९ हजार ५ सय, हल्दिबारी–१,का रुकम गुरुङको सक्रियतामा २६ हजार जनमिलन टोल विकास कनकाई–८ बाट २५ हजार २ सय ७० रुपैया सहयोग अभियनलाई प्राप्त भएको छ । त्यसैगरी रोटरी क्लव अफ सुरुङाबाट १२ हजार ५०, शिवप्रसाद धितालबाट १० हजार, देवनारायण निरौला यूएसएबाट ७ हजार, सिजन बिहिबारे ५ हजार, टेकबहादुर गिरी लक्षमीपुर ५ हजार, आदित्य अर्याल लक्ष्मीपुर ५ हजार, मीना दाहाल (ढुङगाना) कागेश्वरी मनहराबाट ५ हजार, सुरेश कडरिया ५ हजार, नविन पुरी युएसएबाट ५ हजार १ सय, सुसन ट्रेड लक्ष्मीपुर ५ हजार, पुष्प, ओमकार भट्टराई लक्ष्मीपुर बिहिबारेबाट ५ हजार रुपैया सहयोग भएको छ ।

यस्तो छ मेनुकाको वर्तमान अवस्था
यतीवेला उनि बाच्नको लागि संर्घष गरिरहेकी छिन् उनिमा बाच्ने आशा बढेको छ । १२ लाखभन्दा धेरै रकम खर्च भईसकेर अब आफ्नो जायजेथाबाट खर्च जुटाउन नसक्ने अवस्थामा मा पुगेकी मेनुकालाई एक महिना अगाडी अस्पताले अब ७ लाख खर्च लाग्छ भनेको थियो । खर्च अभावको कारणले बाच्ने आशा लगभग समाप्त भएको बताउदै पिडित मेनुकाले अस्पताल परिसरबाट आफूलाई बचाईदिन गरेको अपील कै कारण आज उनि बाच्न सक्ने आशालाई यथार्थमा परिणत भएको महसुस गरिरहेकी छिन् ।
मनकारी, धार्मिक व्यक्तीहरुले सकेको सहयोग उपलब्ध गराई रहेका छन् । तर अस्पतालले तोकेको उपचार प्रक्रिया समय सम्ममा रकम जुट्न नसक्ने हो की भन्ने चिन्ताले सताईरहेको पिडित मेनुकाले आमसंचारसंग दुखेसो व्यक्त गरेकी छिन् । यता अभियनका अभियन्ताहरु ७ लाख रुपैया नभएकै कारणले मेनुकाले मर्नु पर्दैन सहयोगी मनकारी दाताहरुले रकम सहयोग गरेर बचाउने भरोसा दिलाई रहेका छन । त्यही भरोसामा यतीवेला उनि काठमाण्डौंमा रहेर अस्पताल थाउने काम गरिरहेकी छिन् ।

मेनुकाको पारिवारिक अवस्था
घरमा ७० बर्षिया सासु छिन छोरो पनि दुःख भोगी रहेका छन । बुहारी रोगले तड्पिरहेको अवस्थामा आफूलाई बेलाबेला सम्हान सक्न छोडेकी छन् मेनुकाकी सासु (सालदिदी) हालसम्म जेनतेन उपचारमा खर्च जुटादै आए अब केही छैन म कसो गरौं बुहारी बाचाई दिनु भन्दै बिलउना गरिरहेकी छिन ।
मेनुकाका श्रीमान् कुलप्रसाद विदेशमा छन तर विदेश भन्नुको मात्र एक बर्ष देखि काम नभएर दुईगाँस जुटाउनै मुस्किलमा परेका छन । यतीवेला आसुको धारा बगाउदै बिरामी श्रीमती सम्झीरहेका छन । बुढीआमाको अवस्था पनि उनको लागि चिन्ताको विषय छ । स्वदेश आउन उनिसंग खर्च पनि छैन कम्पनीले काम पनि दिदैन । मानसीक पिडांमा बाच्न बाध्य बनेका छन कुलप्रसाद । छोरा पनि लकडाउन अगाडी परिवारको दुःखलाई मल्हम लगाउन खाडीमुलुक पुगे तर दुःखीलाई जहाँ गएपनि दुःखै भोग्नु पर्ने भनाई उनिमाथी सार्थक भएको छ । ऋण गरेर गएको छोराको अवस्था झन कम्जोर र कहाली लाग्दो छ, जाने वित्तिकै काम बन्द भयो स्वदेश फर्कन पनि पाएका छैनन ।

मेनुकालाई बचाउन देश विदेशमा रहनुहुने दताहरुलाई ‘मेनुका बचाउँ अभियान’को नाममा एनआईसी बैंकको खाता नं. २१०४१५०८९५१७८००१ मा जम्मा गर्न सकिन्छ । त्यस्तै उपाध्यक्ष केशवप्रसाद ओझाको मोवाईल नं. ९८५२६८२७४९ र कोषाध्यक्ष गीतादेवी निरौलाको मोवाईल नं. ९८६३७६५१९६ मा सम्पर्क गरेर पिडितको बारेरमा थप बुझन सकिने र  प्रत्यक्ष रकम सहयोग गर्न सकिने अध्यक्ष कटुवालले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर