Aamsanchar

मनषा थाई फुड्स प्रालि द्वारा पीसीआर ल्यावका लागि एक लाख एक हजार सहयोग

Author Image
बिहिवार, भदौ ४, २०७७

बिर्तामोड । जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावका लागि मनषा थाई फुड्स प्रालि का प्रतिनिधीहरुले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित पीसीआर ल्यावका लागि मेचीनगर –१४ मा रहेको मनषा थाई फुड्स  ले एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो ।

मनषा थाई फुड्स प्रालि ( मगमग चाउचाउ ) का सञ्चालक वुद्धि घिमिरे र ओमप्रकाश अग्रवालले उक्त रकमको चेक एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतलाई हस्तान्तरण गरेका थिए ।

झापामा कोरोना भाइरस संक्रमितको संख्या वढीरहेको अवस्थामा जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा पीसीआर ल्याव स्थापना हुनु झापाको मात्र नभएर देशकै लागी नमूनायोग्य काम भएकाले आफूहरुले सहयोग गरेको मनषा थाई फुड्स प्रालि ( मगमग चाउचाउ ) का सञ्चालक वुद्धि घिमिरेले बताए ।

एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको बताउँदै पीसीआर ल्याव स्थापनाका लागि सहयोग गरेकोमा मनषा थाई फुड्स प्रालि ( मगमग चाउचाउ ) लाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर