Aamsanchar

नेपाल एयरलाइन्सको दुबई–काठमाडौ रद्द उडान भोलि हुने

Author Image
शनिवार, भदौ ६, २०७७

प्रतिकात्मक तस्वीर

युएई । युएईबाट चार्टर उडान मार्फत नेपाल फर्कन लागेका नेपालिहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा दुबई एयरपोर्टमा अलपत्र परेका अन्ततः आईतवार नेपाल फर्कने भएका छन ।
नेपाल सरकारको अपरिपक्क निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले दुबईबाट काठमाडौँको लागि आईतवारका लागी उडान अनुमति दिएको हो ।
गत १८ अगष्टका दिन नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल फर्कन एयरपोर्ट पुगेका २ सय ६२ जना यात्रु नेपाल सरकारले उडान अनुमती रद्द गर्दा दुबई एयरपोर्टमै बिचल्लीमा परेका थिए । यसरी बिचल्लीमा परेका यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।
आईतवार नेपाल जाने पाउने भएपनी उनीहरुले पुनः कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यस अघि कोरोना परिक्षण गरेका यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि सकिएकाले २ दिन भित्र पुनः आरडीटी पीसीआर टेस्ट गर्नुपर्ने एयरलाइन्सले बताएको छ ।

कम्पनीबाट बिदा भएर विमानस्थल पुगेकाहरु यात्रुहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका थिए । न त उनिहरु फर्किएर कम्पनी नै जान सक्थे नत उनिहरु सँग खानकोलागी प्रयाप्त पैसा नै थियो । यस्तो अवस्थामा शुरुवाती दिन बाटै राहत जुटदै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई तथा विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुले यात्रुहरुलाई खान र बस्नको व्यवस्था गरेका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान भने नेपाल फर्कन तयार रहेका यात्रुहरुलाई दुबईमा नै छाडेर रित्तै फर्किएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)