Aamsanchar

एसपीसहित ६ जनामाथि ज्यान मुद्दा

Author Image
बिहिवार, भदौ २५, २०७७

रौतहट । प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तवय ज्यान सम्बन्धित मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार मृतकका बुबा पनिलाल महराले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खडका, जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी निरीक्षक नवीन सिंह, प्रहरी हवल्दारद्वय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह र इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवमाथि यातना र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो ।

प्रहरी निरीक्षक नवीन सिंह, प्रहरी हवल्दारद्वय हिरोजमिया धुनिया र मन्नुकुमार सिंह निलम्बनमा परिसकेका छन् भने प्रहरी उपरीक्षक खड्कालाई प्रहरी प्रधान कार्यालय काठमाडौं र प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा तानिएको थियो ।

यही भदौ १० गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय महराको निधन भएपछि यातना दिएर मारेको आरोपमा उनका बुबा पनिलाल महराले न्यायको लागि मुद्दा दर्ता गर्नुभएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय गौरका जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले प्रहरी उपरीक्षकसहितलाई यातना र कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गर्दै कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको बताउनुभयो ।

गएको साउन ३१ गते फलफँल नर्सरीमा कार्यरत गरुडा नगरपालिका–८ स्थित जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले संलग्न रहेको आरोपमा विजय महरालाई पक्राउ गर्दै यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित माथि यातना र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो ।

निरञ्जन रामको हत्या भएपछि इलाका प्रहरी कार्यालय गरुडाले प्रहरी निरीक्षक केशबहादुर दोङलाई अनुसन्धान अधिकृत तोके पनि प्रहरी उपरीक्षक रविराज खडकाले हस्तक्षेप गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटाएको प्रहरी निरीक्षक नवीन सिंहसहितको टोलीले यातना दिएको आरोप स्थानीय र घर परिवारको रहेको छ ।

निरन्तर आन्दोलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा १/६४ नम्बरमा सो मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयबाट पत्र प्राप्त भएको र अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा सञ्जय कार्कीले लेखेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर