Aamsanchar

वडा कार्यालय र बजार समितिको समन्वय नहुदा अर्जुनधाराको बिहिबारे बजारका सयौं व्यापारीले पाए दुःख

Author Image
बिहिवार, असोज २२, २०७७

चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको बिहिबारे बजारमा आउने व्यापारीको बिहिबार बिचल्ली भएको छ ।वडा कार्यालय र बजार समिति बिच आवश्यक सहकार्य, समन्वय हुन नसक्दा व्यापारीहरुले दु:ख खेप्नु परेको थियो ।

बजार आसपासका एक जनामा कोरोना संक्रमण देखिएको भन्दै बजार कुनै औपचारिक सुचना बेगर  बन्द गराउदा साना ठुला सय भन्दा धेरै व्यापारीले आर्थिक घाटा संगै कस्ट व्यहोर्नु परेको छ ।

व्यापारी ।

बिहान सम्म कुनै बन्दको सुचना र बजार प्रवेश स्थलमा ढाट समेत नलगाईएको देखेर बजारमा धमाधम व्यापारीले आफ्नो सामान बिक्रीका लागि फिजाएका थिए । सामान फिजाएको दुई घण्टा पछि दिउसो ११ बजे व्यापारीलाई पसल नराख्न भन्दै फर्काईन थाले पछि व्यापारीहरु विचल्ललीमा परेका थिए ।

लामो लकडाउनको चपेटामा परेर आर्थिक मानसिक पिडा खेपिरहेका व्यापारीहरुले बिहिबारे बजार समिति वडा कार्यालयको अपरिपक्का कामको कारणले दु:ख संगै ठुलो मात्रमा आर्थिक घाटा व्यहोर्नु परेको व्यापारीहरुले गुनासो गरेका छन् ।

व्यापारी ।

पाँच दश हजारको पुँजी लगाएर काँचो तरकारी बेच्न टाढा टाढाबाट सयौं रुपैया गाडीभाडाँ तिरेर व्यापारका लागि आएका व्यापारीहरुले बजार बन्द हुने कुनै सुचना, जानकारी पाएका थिएनन । बजार समितिले पनि औपचारिक बजार बन्द गर्ने निर्णय गरेको थिएन । वडा कार्यलयले पनि ठोस निर्णय नगरेको बताईएको छ । वडा कार्यालयले चै बन्द गर्ने सुचाना फेसबुक मार्फत सार्वजनिक गरेको थियो, त्यो सुचना भने आधिकारिक मानिदैन र प्रभावकारिता पनि नहुने स्थानिय युवाहरुले धारणा राखेका थिए ।

१५ बर्ष देखि चल्दै आएको बजार अर्जुनधारा नगरपालिकाकै सबैभन्दा ठुलो बजारमा पर्छ । व्यापारीहरुको राम्रो उपस्थिती रहने गरेको बजारलाई खेलाचीकै रुपमा बन्द गराउनुले सयौं साना व्यापारीहरु मारमा परेका छन् । बजारमा व्यापारीलाई फर्काकाउने काम गरेर आफूहरुमा स्थानिय सरकार र बजार समितिले अन्याय गरेको भन्दै गरेको अवस्थामा स्थलगत रिर्पोटिङमा आमसंचारको टोली बजारमा पुग्दा केही व्यापारी निधाउरो अनुहार लगाएर बसेका थिए, धेरै आफ्नो सामान बोकेर फर्किई सकेका थिए, केही भने २०–५० रुपैयाको व्यापार गर्दै पनि थिए, केही आखाँमा आसु झार्दै आफूहरु बर्वाद भएको गुनासो गरिरहेका थिए ।

व्यापारी ।

‘विहानै बजार बन्द छ भनेर बजारमा सामान भित्रयाउन नदिएको भए हामि फर्किएर जानेथियौं त्यो वेला केही नभन्ने दिउसो आएर बजार बन्द भन्दै सामान नबेच्न भन्नु कतिको उचित हो’ ? ‘जसरी भए पनि हामि गरिव नै मारमा पर्नु पर्ने साहुको ऋण छ यो सामान बेचेर तिरे पछि भोली सामान पाईन्छ नत्र पाईदैन, आज बेच्न पाईएन भोली धेरै बिग्रेर जान्छ आजको गाडी भाडाँ पनि कसरी भरपुर गर्नु परिवार कसरी पाल्नु भन्दै विलौना गरिरहेका थिए खुद्रा व्यापारीहरु ।

बजार लाग्न सुरु भएपछि वडाध्यक्ष ध्यानबहादुर भारती, बजार समिति अध्यक्ष छविलाल लम्सालले व्यापारीलाई सम्झाउने काम त गरे तर सम्झाउदा मात्र उनिहरुको क्षती भरपुर त हुदैन जिम्मेवार बनेर समयमै बजार बन्द गर्ने निर्णयलाई कार्यनयन गर्न विभिन्न संचार माध्यममबाट व्यापक सुचना संप्रेषण गराउनु पर्थो आफ्नो फेसबुलाई सर्वोश्रेष्ठ संचार माध्ययम ठान्नु वडाध्यक्ष र बजार समितिका अध्यक्षबाट गल्ती भएको भन्दै प्यापारीहरुले आक्रोस पोखेका थिए ।

व्यापारी ।

उता वडाध्यक्ष ध्यानबहादुर भारती संग बजारमा सृजना भएको अन्योलताको विषयमा बुझदा बजार बन्द गर्ने जानकारी बजार समितिलाई फोन मार्फत जानकारी गराएको थियो तर जानकारी गराए अनुसार बजार समितिले काम नगरिदिएकोले समस्या पैदा भएको र स्थानिय सरकारको निर्णय र निर्देशको पालना किन भएन भन्ने विषयमा बजार समिति संग छलफल गरेर स्पष्टिकरण माग गर्ने वडाध्यक्ष भारतीले बताए । उनले भने वडाको बजार मात्र हैन सबै पसलहरु बन्द गराउछौं, गर्नु पर्छ ।

बजार समितिका अध्यक्ष छविलाल लम्सालले भने ‘वडाले कुनै आधिकारिक पत्र पठाएको थिएन बजार बन्द गराउन बजार समितिबाट मात्र सम्भव थिएन, वडाध्यक्षले फोनबाट बजार बन्द गराउन व्यारीलाई आग्रह गर्नु भन्ने भनाई आए पछि आफूले पनि सोही बमोजिम अघिल्लो दिन वेलुका फेसबुक मार्फत प्यापारीलाई बजार नआउन आग्रह गरेको थिए ।’ केही व्यापारीले फोन गरेर पनि बुझे तर आग्रह मात्र भएकाले ति व्यापारी पनि व्यापार गर्न बजारमा आएको बताए ।

वडा कार्यलयले फेसबुकमा पोष्ट गरेको सुचना यस्तो थियो ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 523

प्रतिक्रिया (०)

सम्बन्धित खबर