Aamsanchar

वीरगन्जमा धमाधम खुल्दै विद्यालय,  कक्षा ८, ९ र १० का विद्यार्थीको बाक्लो उपस्थिति

Author Image
बिहिवार, कार्तिक २०, २०७७

चार महिनाअघि कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्ज यतिवेला भने देशका अन्य सहरभन्दा सामान्य बनेको छ । सोमबारदेखि यहाँका सामुदायिक विद्यालय खुलेका छन् भने पठनपाठन सुरु भएको छ ।

वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले कक्षा ८, ९ र १० को पठनपाठन सुरु गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि महानगरका सबै सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा सोमबारदेखि विद्यालय खुल्न थालेका हुन् । केही विद्यालयले पठनपाठन सुरु गरेका छन् भने केही सुरु गर्ने तयारीमा रहेका छन् । आठ महिनापछि यहाँका कक्षाकोठामा विद्यार्थी देखिएका छन् ।

विद्यालय खुलेपछि विद्यार्थी पनि खुसी

लामो समयको लकडाउनले बन्द भएका विद्यालय खुलेपछि विद्यार्थी पनि खुसी भएका छन् । विद्यालयमा उपस्थित भएर पढ्न पाउँदा खुसी लागेको विद्यार्थीले बताएका छन् । लामो समयपछि स्कुल आउन पाउँदा खुसी लागेको सुरजीदेवी माविका कक्षा १० मा अध्ययनरत प्रिया सिंह राजपुतले बताइन् । संक्रमणबाट जोगिन घरबाट नै विभिन्न स्वास्थ्य सामग्रीसहित विद्यालय आउने गरेको उनले बताइन् ।

मापदण्डअनुसार विद्यालय सञ्चालन

सरोकारवालाहरूको निर्णयअनुसार २३ कात्तिकभित्र वीरगन्जका सबै सामुदायिक विद्यालयमा पठनपाठन सुरु हुनेछ । यसका लागि अभिभावकको अनुमति अनिवार्य गरिएको छ । साथै, सामुदायिक विद्यालयको हकमा आवश्यक पर्ने मास्क, साबुन र थर्मोगन महानगरले व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।
महानगरभित्र निर्देशिकाबमोजिम पठनपाठन जारी नै रहेको वीरगन्जको शैक्षिक महाशाखाले जनाएको छ ।

विद्यालयमा स्वास्थ्यको मापदण्डअनुसार प्रवेश गर्ने मूलगेटमा तापक्रम जाँच्ने र विद्यार्थीको शरीरमा औषधि छर्केर निर्मलीकरण गर्ने र मास्क लगाएर मात्रै प्रवेश गर्न दिने व्यवस्था गरिएको शैक्षिक महाशाखाका प्रमुख कर्णले बताए । नयाँ पत्रिकाबाट 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर