सूर्योदय र सूर्योअस्तको वेला होलीमा पिच्करीबाट निस्किएको रंगिन रंग, निर्मल निस्चल अवस्थामा हसिलो बनेर मानिसका आखाँहरुलाई आनन्द प्रदान गर्ने निलो आकास, अनी यता र उता गर्दै चन्चल स्वभाव देखाएर घरी घरी, सूर्य, हिमाल रमणिय पहाड र रंगिविरंगी पुतली झै देखिने गाउँ शहरलाई छेक्ने बादल, त्यो संगै मौलिक संस्कृति सभ्याता र प्राकृतिक अवस्थालाई अवलोकन गर्ने मन कस्लाई हुदैन होला र, यस्ता ईच्छा र आकंक्षाहरु पुरा गर्न जान आज भोली सामान्य वर्गका लागि खर्चको हिसावले असम्भव नै भई सकेको छ । लामोदुरीको यातायात, खाने बस्ने लगायतको खर्च धान्नै नसक्ने अवस्था भई सकेको छ ।
विशेषगरि पहाडी क्षेत्रको विभिदतालाई निहाल्ने बढी ईच्छा तराईमा बसोबास गर्नेहरुमा हुने गर्छ । स्वभाबवैले पहाडी क्षेत्रमा पुग्ने पर्यटकहरुको संख्या तराईका गाउँ सहरका सबै वर्गका नागरिक हरुको रहने गरेको छ ।
पूर्वी पहाड अझ साविक मेची अञ्चललाई पर्यटनको दृष्टीकोणले हेर्दा झापाका केही चुरे क्षेत्र, इलाम, पाँचथर र ताप्लेजुङमा अग्ला पहाड टाकुराहरु को नाम धेरै चलेका छन् । सूर्योदय हेर्नको लागि भने फैलिएको भूगोलका हिसावले कमै मात्र ठाउँको नाम आउछ ति स्थान हुन सन्दकपुर, श्रीअन्तु, कल्याम हुन ति स्थान खर्चको हिसावले निकै माथी मानिन्छन् । कम खर्च गरेर धेरै स्थानबाट पनि सूर्योदयको दृष्य राम्रो संग देखिन्छ होला तर ति क्षेत्र भौगोलिक राम्रो बाटो नहुनु विकटताका कारण चर्चामा आउन सकेका छैनन् ।
त्यस्तै सूर्योदय र सूर्योअस्तको दृष्य अत्यन्तै राम्रो संग देखिने इलामको एक स्थान पनि ओझेलमा परेको थियो । त्यस ठाउँको अग्लो पहाडमा अरुबेला स्थानियहरुले बिहान र साँझमा पुगेर डाँडाबाट सूर्य उदाउने र अस्ताउने बेलामा पुगेर हेर्ने अवस्था पनि थिएन, किनकी अनकन्टार जंगल थियो । तर पछिल्लो समयमा नयाँ पर्यटकिय गन्तव्य पहिचन गर्ने क्रममा झापा संग सिमाना जोडिएको इलामको एक गाउँ पालिकामा पूर्वमै सबैभन्दा उत्तम सूर्योदयको दृष्य अवलोक गर्ने स्थान भनेर चर्चामा आउन थालेको छ । त्यो स्थान हो इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ जिर्मलेको रम्भ्याङस्थित झण्डीडाँडा ।
झण्डीडाँडा सूर्योदयको दृश्यालोकन गर्नेहरु दिनै पिच्छे उल्लेखनिय संख्यामा झापाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । झण्डीडाँडाबाट सूर्योदय, सूर्यास्त, कञ्चनजंघा हिमाल, कन्याम चियाबगान, पाथिभरा मन्दिर, झापाका समथर भू–भाग, भारतका धेरै प्रान्त र भुटानका केही भागको दृश्यालोकन गर्न सकिन्छ ।
उक्त स्थलको विकासका लागि स्थानीय सरकार, बासिन्दा र स्थानीय क्लबाट संरक्षणकार्य सुरु हुन थालेको छ । हाल संघीय, प्रदेश र स्थानीय सरकारबाट यसको प्रवर्द्धन र विकासका लागि बजेट विनियोजन पनि भईसकेको वडा नम्बर ६ का वडाध्यक्ष एवम् रोङ गाउँपालिकाका प्रवक्ता मनिकुमार स्याङ्वो सुवासले बताए ।
झापाको पूर्वी मुख्य नाका काँकडभिट्टा बाट उत्तर नकलबन्दा, बाहुनडाँगी, गाडागल्ली, जिर्मले, निन्दा सिरान हेदै उकालो लाग्दैजादा करिव एक घण्टाको मोटरबाटोबाट सलकपुर जिमर्ले पुगिन्छ ।
उता इलामको पाथीभरा हर्कटे हुदै करिव ३० मिनेटको यात्रा गरि रम्भ्याङ झण्डीडाँडा पुग्न सकिन्छ ।
सो ठाउँमा होमस्टे निर्माण तथा व्यवस्थापन गर्ने, पदमार्ग निर्माण, दृश्यालोकनका लागि विभिन्न धर्मावलम्बीको मुर्तिको व्यवस्थापन, तापोस्थान, राष्ट्रिय तथा विश्व साइकलिन यात्रीको गन्तव्य निर्माण गर्ने, स्थानीय स्तरको कृषिका विभिन्न परिकार उत्पादन र तालिमको व्यवस्था गर्ने र उत्पादित वस्तु बिक्री गरी आर्थिक विकास गर्ने तथा तीनै तहबाट यसको प्रवर्द्धन तथा विकासका पहल गर्ने र मुख्य योजना बनाई विकास निर्माणमा लागि पर्ने गाउँपालिका अध्यक्ष सम्शेर राईले बताएका छन् ।
झण्डीडाँडा पर्यटन क्षेत्र पुर्वाधारका लागि संघीय पर्यटन मन्त्रालयबाट १५ लाख रकम विनियोजन समेत भइसकेको र यसका लागि बुद्धको शालिक निर्माण गर्ने प्रस्ताव अघि बढिरहेको स्थानीय सरोकारवाला अशोक वान्तवाले जानकारी दिए ।
झण्डीडाँडामा किरात फ्रेन्डस क्लबको अगुवाइमा लालीगुरास र विभिन्न किसिमका फूल रोप्ने, सडकको स्तरोन्नति गर्ने, विश्राम स्थल, खेलमैदान मर्मत, पदमार्ग निर्माण जस्ता कार्यहरू गरेर यसको प्रचारप्रसारमा लागेको किरात फ्रेन्डस क्लबका अध्यक्ष जीवन राईले बताए ।
असोज कार्तिक र मंसिर महिना मात्र उपयुक्त समय भएकोले आजभोली झापा र भारतका सिमा क्षेत्रका पर्यटकहरु जिर्मले पुग्न थालेका छन् । पर्यटकको चहलपहल बढन थाले पछि स्थानिय होमस्टेहरु भनिर थालेका छन् । प्रयाप्त होमस्टे तयार नभईसकेको अवस्थालाई मध्यनजर गरेर पालिकाले टेन्टको व्यवस्था गरेर पर्यटकलाई सहजता प्रदान गर्न थालेको छ, निकट दिनमै त्यस स्थानमा स्थानियहरुले आफ्ना सेवाहरु बढाउने तयारी गरेका छन् । हरेक कुनै पनि गन्तव्य जानको लागि पहिला खर्चको कुरा आउछ नै, खर्चका हिसावले जिर्मले झण्डी डाँडा अत्यन्तै सस्तो छ । खानेकुराहरु स्थानिय उत्पादन मात्र भएकाले पनि सस्तो भएको हो ।
थप जानकारीको लागि भिडियो हेर्नुहोस् ।
भूल सुधार : यस भिडियोमा बोल्ने क्रममा अध्यक्षज्युबाट समुद्री सतहबाट १२ सय मिटर उचाई भन्नु पर्नेमा भुलबस २२ सय मिटर भन्नु भएकोमा यसलाई करिव १२ सय मिटर मात्र बुझिदिन आग्रह छ ।