Aamsanchar

श्रीमानको मृत्युको खबर पाउना साथ साइप्रसमा रहेकी श्रीमतीले गरिन आत्महत्या

Author Image
बुधवार, मंसिर २४, २०७७

नेपालमा आफ्नो श्रीमानको दुर्घटनामा परेर मृत्यु भएको खबर थाहा पाएलगतै साइप्रसमा एक युवतीले आत्महत्या गरेकी छन् । आइतबार दोलखाको विगु गाउँपालिका–५ लाइसेफमा बोलेरो दुर्घटनामा परेर चालक दोलखाकै गौरीशङ्कर गाउँपालिका–८ खारेका २४ वर्षीय सुविन तमाङको मृत्यु भएको थियो ।

श्रीमानको मृत्यु भएको खबर पाएलगतै साइप्रसको लार्नाकामा घरेलु कामदारका रूपमा रहेकी २३ वर्षीय सुक्री तमाङले नेपाली समयअनुसार आइतबार राति नै आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ । सुक्रीले टिकटकमा श्रीमान्को फोटो र ससुरासँग कुरा गरेको आवाज राखेर आमा, बुबा र सासूससुरासँग क्षमा माग्दै आफू पनि आफ्नो मुटुसँगै जान लागेको लेखेकी थिइन् ।

दोलखाकै विगु गाउँपालिकाको लादुक माइत भएकी सुक्री तामाङले तीन वर्षअघि सुविनसँग विवाह गरेकी थिइन् । उनी एक वर्षअघि घरेलु कामदारका रूपमा साइप्रस पुगेको उनका आफन्तले बताएका छन् । श्रीमानको मृत्यु भएको खबर सुनेपछि सुक्रीले घरमा सासूससुरालगायत आफन्तसँग फोन गरेर आफू पनि सुविनसँगै जाने भन्दै पीडा पोखेकी थिइन् ।

आइतबार विगु गाउँपालिकाको ठाक्रेबोटबाट सिंगटी आउँदै गरेको बा२०च ४३७३ नम्बरको बोलेरो लाइसेफको जङ्गलमा सडकबाट झन्डै १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा सुविन तमाङको मृत्यु भएको थियो । यो समाचार चिरञ्जीवी मास्के गोरखा पत्रमा लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर