Aamsanchar

झापामै पहिलो पटक नमुना व्यबसायीक प्याज खेती

Author Image
मङ्गलवार, पौष १४, २०७७

शरणामती । झापाको दक्षीणी क्षेत्र झापा गाउँपालिका वडा ६ का किसानले व्यवसायीक प्याज खेती थालेका छन।झापा गाउँपालिका ६ को चन्द्रकित्ता आसपासमा २२ बिगाह जग्गा भाडामा लिई प्याज खेती गरिएको हो ।

फिदिम नगरपालिका-११ का सुमन न्यौपाने,बुद्दशान्ती-३ झापाका केशब भुर्तेल र झापा गाउँपालिका-६ का सोमनाथ प्रसाईं तीन जना मिलेर व्यवसायीक प्याज खेती थालिएको छ।कोरियन प्रबिधीलाई कोरियामा सिकेर आएर नेपालमै व्यवसायीक प्याज खेती गर्न थालिएको केशब भुर्तेलले बताउनु भयो। स्थानीय स्तरमा हुने प्याजको मागलाई ध्यानमा राखी यति ठुलो मात्रामा प्याज खेती गरिएको भुर्तेल बताउनु हुन्छ।जमिनमा प्याजका बेर्ना लगाउदै गरेकाले सबै क्षेत्रफलमा प्याज रोपिसक्दा यसको लगानी करिव ४०र४५ लाख पुग्ने भुर्तेलको अनुमान छ।

२२ बिघाह १० वर्षका लागि वर्षको प्रती बिघाह ३० मन धान दिने सर्तमा लिजमा लिएर आफुहरुले व्यवसायीक प्याज खेती गर्न थालेको अर्का कृषक सोमनाथ प्रसाईले बताउनु भयो।प्रसाईले भन्नुभयो ूप्रती बिघाह दस हजार केजी प्याज फलाउने लक्ष्य छ,अब हेरमू।प्याज खेती गरिरहँदा प्याजका बेर्ना रोप्न,माटो बनाउन,पानी लाउन कम्तीमा ४० जनालाई रोजगारी दिएको प्रसाईले बताउनु भयो।अहिले परिक्षणमा २२ विघाहमा खेती गरिए पनि पछी ५० बिघाह क्षेत्रफल सम्म खेती गरिने लक्ष्य रहेको प्रसाईले जानकारी दिनु भयो।

झापामै पहिलो नमुना प्याज खेती आफ्नो क्षेत्रमा भित्रीदा यहाँका स्थानिय खुसी भएका छन।कोरियन प्रबिधीबाट बाजो रहेका जग्गामा प्याज खेती गर्दा आफुहरुलाई गौरब महसुस भएको स्थानियले बताए।ूभारतको निर्भरता मा बाच्नु परेकोले अब यसरी नेपालमै खेती हुदाँ प्याजमा आत्मनिर्भरता बढेको स्थानिय कमलप्रसाद भट्टराईले बताउनु भयो।भट्टराईले यसरी व्यवसायीक खेतीले रोजगारी समेत बढाएको भन्दै खुसी व्यक्त गर्नुभयो।रोजगारी पाएकोमा स्थानिय रानी हस्दाले खुसी व्यक्त गर्नुभयो। नजिकै काम पाइएको छ,काम गर्न थालेको पनि हप्ता दिन भयो,हामी खुसी छौूहस्दाले भन्नुभयो।

यसै विच व्यवसायीक प्याज खेतीको विधिवतरुपमा उद्घाटन गरिएको छ।स्थानिय टीका प्रसाद ओझाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथी वडासदस्य मोहन पोखरेल रहनुभएको थियो।

मैनबत्ती बालेर प्याजका बेर्ना रोप्दै उद्घाटन गरिएको कार्यक्रममा विशिष्ट अतिथी पोखरेलले प्याज खेती नयाँ भएकाले अब अगामी वर्षहरुमा राहातका प्याकेजहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथी बानीयाँले व्यवसायीक प्याज खेती गाउँपालिकामै नौलो भएकाले यो खेती थाल्ने अग्रजहरुलाई धन्यबाद दिदै आफ्नो वडाले अनुदानका प्याकेजहरु ल्याउन पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो।

स्थानिय युवा कमल प्रसाईले संचालन गरेको कार्यक्रममा स्थानिय,बुद्दीजिबी,समाजसेवी,पत्रकार लगायतको उपस्थिती रहेको थियो।

प्याज गानो वर्गमा पर्ने प्रमुख तरकारी बाली हो । नेपालमा ज्ञठ,ठद्धण् हेक्टर जमिनमा प्याजको खेति गरिन्छ र वार्षिक उत्पादन द्द,छद्ध,ज्ञण्द्द में। टन हुदै आएको छ ९ःइब्म् द्दण्ज्ञद्दरद्दण्ज्ञघ०। सप्तरी, बारा ,सिराहा ,रौतहट,कैलाली ,रूपन्देही, धनुषा, सर्लाही, खोटाङ्मा प्याजको व्यवसायिक खेती गरिन्छ अहिले झापामा भने यो नौलो मानिएको छ । खास गरेर मङ्सिर देखि पुष महिनामा प्याज लगाउने गरिन्छ । यी महिनामा उत्पादन अत्याधिक हुनाले प्याज खेति गरेका किसानहरुले उचित बजार भाउ पाउदैन । हाल आएर नेपालमा बेमौसमी प्याज खेति प्रविधिको विकास भएको छ जसले गर्दा नेपालमा दशैँको बेलामा प्याजको पातलाई बजारमा पुर्याएर राम्रो आम्दानी लिन सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर