Aamsanchar

पूर्व–पश्चिम रेलमार्ग : रेखांकनमै समस्या

Author Image
शुक्रवार, माघ २, २०७७

पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो ।

रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना गर्नुपरेको हो । रेलमार्गको रेखांकन क्षेत्रभित्र आफ्नो घर जग्गा गर्ने देखिएपछि निजगढवासी त्यसको विरोधमा उत्रेका हुन् ।

सर्भेका इन्चार्ज इन्जिनियर सुरज पौडेलका अनुसार रेगलमार्गको रेखांकन क्षेत्रभित्र पर्ने भौतिक संरचना तथा जमिनको विवरण उठाउन खोज्दा स्थानीयबाट अवरोध सिर्जना भएको हो ।

‘रेलमार्ग कहाँबाट लग्दा उपयुक्त हुन्छ । यो खण्डमा कस्ता संरचना छन् भन्ने विवरण लिन निजगढ आएका हौँ,’ पौडेलले भने, ‘यो प्रारम्भिक चरण हो ।’ सर्भेको क्रममा उपलब्ध गराएको विवरणको आधारमा रेल विभागले उपयुक्त स्थानबाट रेलमार्गको रेखांकन तय गर्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 397

प्रतिक्रिया (०)