Aamsanchar

प्रतिनिधिसभा विघटनको ‘राजपत्रमा सूचना खोई ?’ भनेर सोधेपछि महान्यायाधिवक्ता इजलासबाट ‘गायब’

Author Image
शुक्रवार, माघ ९, २०७७

गुपचुप छापेर इजलासमा बुझाउने तयारी

चियाब्रेकपछि जारी भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू रु’ भनेर प्रश्न गर्दा उनी त्यहाँ थिएनन् । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ रु’ भनी प्रश्न गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समय बित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न सम्भवतः भुलेको थियो । इजलासमा एकाएक यो प्रश्न उठेपछि चिया समयमा उठेर आफ्नो कार्यालय गएका महान्यायाधिवक्ता खरेल फेरि संवैधानिक इजलासमा फर्केनन् ।

‘महान्यायाधिवक्ता चिया समयमा आउनुभयो, त्यसलगत्तै राजपत्रबारे सोधखोज गरेर कानुन समूहका सचिव धनाराज ज्ञवालीलाई डाक्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तुरुन्तै सचिवज्यू आउनुभयो र हतारमा जानुभयो ।’ सचिव ज्ञवालीले बिहीबार आफूले महान्यायधिवक्तासँग भेटघाट नगरेको दाबी गरे ।

विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भनी इजालसमा प्रश्न उठेपछि सरकारी निकायहरु खैलाबैला मच्चिएको हो । स्रोतका अनुसार उनले बैठकलगत्तै प्रधानमन्त्री कार्यालय फर्केर बैठक डाकी राजपत्रमा निकाल्ने सूचनाको मस्यौदा गर्न लगाएका छन् । बिहीबार रातभर छापेर शुक्रबार बिहान इजलासमा राजपत्रको प्रिन्टकपी बुझाउने तयारी भइरहेको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर