मेरा लागि मृगले कस्तुरी खोजेको जस्तो छ आज भोलिको प्रेमिल दुनियाँ मायाँ र प्रेम बिना न शान्ति मिल्छ न सन्तुष्टि , आजको ब्यस्त समयमा मानिस प्रेमको भोको छ ।
त्यसैले हरेक प्रेमीले प्रेमको उजागर गर्नुपर्छ । प्रेम दिवस एक अर्का प्रति ईमान्दारीता प्रकट गर्ने प्रेम दर्साउने विषेश दिन हो । यसले विश्वासको दुरि घटाउँछ र माया बढाउँछ । मार्टिन लुथरले भनेका छन् (बैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हों) उनको यो भनाईले नै पुष्टि गर्छ कि प्रेमको महत्व कति छ । हो, प्रेमले सफल जिवन जीउन मदत गर्दछ र जिवनशैली परिवर्तन गर्न समेत उतिकै महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । (जहा प्रेम छ त्यहाँ जिवन छ) महात्मा गान्धिको भनाईले पनि यस्तै कुरालाई उजागर गरेको छ ।
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ?
प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । “टाँसीयर तिम्रो धडकनको धुनमा स्पदनको उतार चढाब सँगै तिम्रो प्रेमको रँग घोलेर तिम्रै रँगमा रँगीयर तिम्रो प्रेममा समर्पित हुन सकीन प्रिय” तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेरकी छोरीलाई दिएका कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ । प्रेम गर्नु नराम्रो तथा नकारात्म होईन । नेपाली बजारमा पनि अहिले आयातित गुलाबका फूलले फूल पसलहरू भरिएका छन् । युवा जोडी भ्यालेन्टाइन डे कसरी मनाउने भनेर कार्यक्रम तय गर्दैछन् ।
प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो होइन, तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने ? आफ्नी प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्त्वपूर्ण पक्ष हुन आउँछ । प्रेम गर्नु राम्रो पक्ष हो । तर पछिल्लो समयमा प्रेमको नाऊँमा कतिपय प्रेमीजोडीहरु देखावटी प्रेमको संज्ञा दिएर स्वार्थ पुर्ती गरिरहेका देखिन्छन् र दिन कटाउने होडवाजीमा हुन्छन् । प्रेम गर्नु पवित्र कार्य हो तर कतिपय प्रेमहरु केहि दिन नजिकिने र छिट्टै टाढिने प्रवृति देख्नमा र सुन्नमा पनि आउँछन् ।
कतिपय प्रेमीजोडीहरु मायामा धोका पाए भनेर आत्महत्या गरेको घटनाहरु पनि सर्ववितित छन् । प्रेमकै कारणले मानिसको जन्म हुन्छ । मानिस भएर जन्म लिएपछि गाँस, वास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ । त्यसपछि उसको कर्म, असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमा पनि चाहन्छ मानिस यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ । तर कुसंस्कार र कुकार्यलाई आत्मसाथ नगरी प्रेम जस्तो पवित्र कार्यलाई मनन् गरी सबैले एक अर्का विच समन्धसेतु तथा भाईचाराको भाव कायम गरी प्रेम गर्न आवश्यक छ
“आफैभित्र भएको कस्तुरीलाई नचिनेर मृग भौतारिए झैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौतारिन्छौ । प्रेम त प्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम जता हिंड्यो त्यतात्यतै छ ” भनिन्छ प्रेममा न त भुगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हुदैन । प्रेम आफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि भाव स्नेह हुन्छ । प्रेममा सृफ प्रेम हुन्छ यहाँनेर हामीले बुझ्नु पर्ने के रह्यो भने मानव समाज विकासको क्रमलाई जंगली युगदेखि सभ्ययुग तर्फ गएको थाहा हुन्छ । तर भ्यालेन्टाइन डे को मार्फत मानव समाजलाई सभ्य युगबाट जंगली युग तर्फ धकेल्न कोजेको भन्ने आधारहरू छन् । उदाहरणको रुपमा हामीले Would You Be My Valentine लेखेको कार्ड परिवारको जुनसुकै सदस्यलाई पनि बाँड्ने गरेको पाएकै छौं । यसरी हामीले नबुझिकनै संस्कारको सिको तथा नक्कल गर्नाले राम्रो पक्ष भन्दा पनि नराम्रो पक्षको तर्फ बढि उन्मुख देखिन्छौं । यहि नराम्रो पाटोलाई मात्रै हामीले सिको गर्न थाल्यौं भने दक्षिण एशियाको सभ्यता आफैमा ध्वस्त भएर जानेछ । वैलेंटाइनको इतिहासलाई अध्ययन गर्दा त हामीले पाएको यो हो कि, जब कुनै एक स्त्रीले एक पुरूषलाई तथा एक पुरुषले एक स्त्रीलाई प्रेम गर्दछ भने उनीहरू विवाहको बंधनमा परिणत हुनु पर्दछ । यदि त्यसो हो भने त हामीले दक्षिण एशियामा वैलेंटाइन डे मनाउनुको तात्पर्य छुट्टै पाउँछौं । त्यस अर्थमा वैलेंटाइन डे मनाउने चक्करमा हामीले मानव समाजलाई विकृति प्रदान गरिरहेका छौं ।
म लेखको मन बाट हजुरहरु सम्पूर्णलाई happy भ्यालेन्टाइन डे
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 338