Aamsanchar

नेपाली बालिकाको हत्याका मतियार विरुद्ध वारेन्ट

Author Image
बुधवार, फागुन ५, २०७७

भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको छ ।

त्यहाँका एसपी नवीनचन्द्र झाले तत्कालीन थानाध्यक्ष सञ्जीव रञ्जनलाई गिरफ्तार गर्न आदेश दिएका हुन् ।

बर्दियास्थित बारबर्दिया–३ की सुमित्रा विकको हत्यापछि प्रमाण मेटाएको आरोपमा उक्त आदेश दिएको कुण्डवा चैनपुरका थानाध्यक्ष मिथिलेशकुमार यादवले टेलिफोनमा बताए । यादवका अनुसार रञ्जनले गिरफ्तारी नदिए उनीलगायत घटनाका आरोपी सबैको सम्पत्ति जफत गर्ने एसपी झाले निर्देशन दिएका छन् । हाल रञ्जन फरार छन् ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर