Aamsanchar

प्रविधी मैत्री पूर्वाञ्चल क्यान्सर अस्पताल

Author Image
बिहिवार, फागुन २०, २०७७

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा जडान हुदै गरेको पेट-सिटी स्क्यान (पोजिट्रोन इमिसन टोमोग्राफी) मेसिन । यस मेसिनद्धारा क्यान्सररोगको पहिचान गर्न, विरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ । त्यसैगरी क्यान्सर रोगमा प्रयोग भएको औषधी शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने,तथा मुटु रोग तथा विभिन्न खाले दिमागको रोगको अवस्था जान्न पनि सघाउ पुर्‍याउने मेडिकल डाईरेक्टर डाक्टर विरेन्द्र यादवले जानकारी दिए ।

मेसिन अभावमा अधिकांश नेपाली थप उपचारका लागि भारत, बैंकक, सिंगापुर लगायतका देश जान बाध्य थिए ।  गत वर्ष पूर्व राष्ट्रपति रामवरण यादव पनि क्यान्सर परिक्षणका लागि जापान पुगेका थिए, भर्खरै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत पुगेका छन् ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर