Aamsanchar

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ ।

नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 412

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१