Aamsanchar

सुनसरीमा फल्यो कालो गहुँ

Author Image
मङ्गलवार, चैत ३१, २०७७

सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएको उनले बताए ।

कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उनले बताए । उनले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताए । उनका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो । मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ ।

मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताए । यस पटक उनले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छर्नुभएको थियो । उनले यस गहुँको बीउ प्रतिकेजीमा ३६५ रुपियाँमा किनेका थिए । त्यसबाट उनले ११२ क्विन्टल गहुँ उत्पादन गरिसकेका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर