Aamsanchar

ओली–नेपाल बिच भेटघाट

Author Image
बिहिवार, वैशाख ९, २०७८

फायल फोटो ।

माधव नेपालसँग भेटघाट गर्नुअघि एमाले अध्यक्ष केपी ओलीले नेपाल पक्षका नेता एवं पार्टी सचिव योगेश भट्टराईलाई बालुवाटार बोलाएका थिए । दिउँसो बालुवाटार पुगेका भट्टराईले ओलीलाई भेटेर उदार मनका साथ पार्टीमा सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका थिए ।

भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष ओलीकै भूमिका रहेकाले उनी उदार मनका साथ अघि बढे सबैलाई सहज हुने बताएका थिए । ‘तपाईं पार्टी अध्यक्ष र संसदीय दलको नेता भएका कारण तपाईंको भूमिका महत्वपूर्ण रहन्छ ।

विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्नुस्, पार्टीलाई एक ढिक्का बनाएर लैजानुस्, हाम्रो सहयोग हुन्छ’, भट्टराईले भनेका थिए । उनले दुवै नेताबीच भेटेर बुधबार नै छलफल गर्न पनि आग्रह गरेका थिए । उनले नै दुवै नेतालाई बालुवाटार वा धुम्बाराहीमा नभई अन्यत्र भेट्न सुझाव दिएका थिए । सोही अनुसार प्रधानमन्त्री ओलीले बुधबार साँझ मेरियट होटलमा भेटघाट गर्ने समय मिलाएका थिए ।

भट्टराईले ओलीसँग तीनवटा कुरा स्पष्ट राखेका थिए । उनले पार्टी अध्यक्ष भएको नाताले विवाद मिलाउने जिम्मा ओलीकै भएको, गिरिजाप्रसाद कोइरालाले पनि मध्यावधि निर्वाचन गराउँदा परिणाम कांग्रेसको पक्षमा नआएको र बाहिर हेर्दा परिस्थिति सहज नभएको तथा ओलीबाहेक मास अपिल गर्ने नेता नभएका कारण परिणाम सहज नहुने भनाइ राखेका थिए । त्यसपछि ओलीले सकेसम्म पार्टीलाई मिलाएर जाने बताएका थिए । भट्टराई बुधबार दिउँसो १२ बजेतिर बालुवाटार प्रवेश गरेका थिए । उनी करिब पौने २ बजे निस्केका थिए । बालुवाटारबाट भट्टराई बाहिरिएलगत्तै होटल मेरियटमा प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडको नाममा स्विट रुम बुक गरिएको थियो । नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर