Aamsanchar

अर्नाको जनसंख्या वृद्धि

Author Image
सोमवार, वैशाख १३, २०७८

कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को संङ्ख्या वृद्धि भएको छ ।यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ । सन् २०२१ को गणनामा प्राकृतिक बासस्थानमा ४९८ वटा अर्ना रेकर्ड गरिएका छन् । सन् २०१८ को गणनामा ४४१ वटा अर्ना रेकर्ड गरिएको कुरा कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले बताए । सन् २०१८ को गणनामा भन्दा करिब १३ प्रतिशतले अर्नाको संख्या वृद्धि भएको उनले बताए।

प्राप्त रेकर्ड अनुसार ४९८ मध्य २२१ वटा वयस्क भाले, १६२ वटा वयस्क पोथी, ४८ वटा अर्ध वयस्क, दुईरतीन वर्षको बच्चा ३५ वटा, एक देखि दुई वर्षको बच्चा ३२ वटा भेटिएका छन् । जङ्गली भैँसी ९अर्ना ० विश्वमा निकै दुर्लभ मानिन्छ । यो वन्यजन्तु प्राकृतिक बासस्थानमा नेपाल, भारत, भूटान, कम्बोडिया र थाइल्याण्डमा मात्र पाइने गरेको छ । विश्वभरी अर्ना पाइने मुलुकको संख्या हेर्दा नेपालमा यसको संख्या दोस्रो ठूलो झुण्ड मानिन्छ । सबैभन्दा बढी भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा पाउने गरेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर