संसद विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले शनिबार आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्ने भएको छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रस्तुत हुँदैछ ।
स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने बजेटको सिलिङ १६ खर्ब हाराहारी रहेको छ ।
बजेटमार्फत वृद्धभत्ता र कर्मचारीको तलब बढ्न सक्ने छ। यस्तै निजी क्षेत्रमैत्री कर नीति, अर्थतन्त्र पुनर्स्थापनाका लागि विशेष कोषजस्ता विषय बजेटमा समेटिने समाचारमा उल्लेख छ । राजधानी दैनिकबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 227