Aamsanchar

सुरक्षाकर्मीको राशन भत्तामा वृद्धि

Author Image
आइतवार, जेठ १६, २०७८

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा र विपत् व्यवस्थापनका लागि नेपाली सेनालाई सुदृढ र सबल बनाइने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल उच्च राख्न हाल खाइपाइआएको राशन भत्तामा १५ प्रतिशतले वृद्धि भएको छ। सुरक्षाकर्मीले सुगम, दुर्गम र अति दुर्गम जिल्लाका आधारमा राशन भत्ता पाउने गर्छन्।

आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेनाको बङ्करदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन तथा भौतिक पूर्वाधार निर्माणका लागि थप बजेटको व्यवस्था गरिएको उनले बताए । यसैगरी विपत् व्यवस्थापनका लागि आवश्यक रणनीति, पूर्वतयारी, खोज उद्धार र राहतको व्यवस्थालाई पनि प्रभावकारी तुल्याइने भएको छ। यसका लागि अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गरिने छ। गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर