Aamsanchar

बेइजिङबाट आठ लाख डोज खोप आज नेपाल ल्याईदै

Author Image
मङ्गलवार, जेठ १८, २०७८

राष्ट्रपति सी जिनपिङले अनुदानको घोषणा गरेको एक सातामै चीनबाट मंगलबार नौ लाख डोज खोप काठमाडौं आउँदै छ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सले ल्याउँदै छ ।

राष्ट्रपति सीले १२ जेठमा नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट चीन सरकारले भण्डारमा खोप तयार भएको भन्दै तत्कालै लैजान नेपाललाई आग्रह गरेको थियो ।

बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार मंगलबार बिहान बेइजिङ पुग्ने नेपाल एयरलाइन्सको जहाज दिउँसो २ बजे खोप बोकेर काठमाडौंमा अवतरण हुनेछ । चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित खोप भण्डारबाट नेपाललाई खोप उपलब्ध गराएको हो ।

चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप आउन लागेको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।

श्रोत : नयाँ पत्रिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर