Aamsanchar

अर्जुनधारा–५ की खिनमायाको गरिवी: फुकी ओछ्यान, मुड्की सिरानी

Author Image
शुक्रवार, असार ४, २०७८

बिर्तामोड । मानिसका लागि गाँस, बाँस र कपासको ग्यारेन्टी र आधारभूत आवश्यकता भित्र पर्ने भन्ने यो नारा पुरानो हो ।
अहिले शौचालय, शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, बिजुली, मोवाईल, इन्टरनेट लगायताका उपभोग्य बस्तुहरु आधारभूत भित्र प्रवेश भई सकेको छ । जनताको आधारभूत आवश्यकतालाई पुरा गर्ने एजेण्डा र प्रतिवद्धता बनाएर पार्टीका नेताहरुले चुनाव जितेका छन् । नयाँ नेपाल, ‘सुखी नेपाली समृद्ध नेपाल’ सरकारको मुख्य नारा बनेको छ । अनि दिन दुःखी सर्वहाराको कम्युनिष्ट पार्टीको सरकार पनि रहेको छ । सरकाको ‘सुखी नेपाली समृद्ध नेपाल’ यो नारा सुन्दा र देख्दा हरेक नेपाली, अझ अतिविपन्न वर्गको लागि त जीवन जिउने आशा र भाग्य विधाता नै ठानिएको थियो ।

जनताले आधारभूत सुविधा सहजरुपमै पाउनु पर्ने र सो सुविधा सरकारले उपलब्ध गराउने छ भनेर प्रधानमन्त्रीले धेरै पटक सम्बोधनका क्रममा भनिरहेको कुरा पनि हो । नगर र वडा सरकारका प्रमुख हरु गाउँका गरिव, मजदुर, किसानको टोल, आँगनमा पुगेर भाषण ठोकेको पनि चार बर्ष भईसकेको छ । जनताले आधारभूत सुविधा पाउन भनेर संविधानमा मौलिक हकको बारेमा व्यवस्था र धेरै व्याख्या गरिएको पनि छ । संघिय गणतान्त्रिक संविधानको भाग–३ मौलिक हक र कर्तव्य (४२) मा सामाजिक न्यायको हकमाः

(१) आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ । पहिलो संशोधनद्वारा संशोधित ।
(२) आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ ।
(३) अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।
(४) प्रत्येक किसानलाई कानून बमोजिम कृषि कार्यका लागि भूमिमा पहुँच, परम्परागत रूपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउ बिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ ।
(५) नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनकोे लागि भएका सबै जन आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानून बमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ ।

माथी उल्लेख भएको कुरा सरकाले कति कर्वानयन ग¥यो कति गर्ने क्रममा छ सबै नागरिकले बुझन महसुस गर्न पाएका छैनन् भन्ने प्रमाणहरु गाउँमा छरप्रस्ट देखिएको छ ।
जनमुखी भनिएको संविधानलाई कार्यालयन गर्न गराउन राष्ट्रको ठुलो धनराशी खर्च गरेर केन्द्र, प्रदेश र स्थानीय सरकार बनाइएको छ । अझ सहज रुपमा जनताले आफ्नो समस्या राख्न सकुन र सुविधा लिन सकुन भनेर वडा सरकार पनि बनाएको छ । वडा सरकारका जनप्रतिनिधीहरुको काम आफ्ना वडामा रहेका नागरिकहरुको समस्यालाई नजिकबाट हेरेर, बुझेर आफ्नो श्रोतबाट सके आफै नसके पालिकामाफर्त नागरिकहरुको न्युनतम आधारभूत आवश्यताहरु पुरा गर्ने दाहित्व वडाध्यक्षहरुमा रहेको हुन्छ । चुनावको बेला गरिवका झुपडी, किसानका खेतमा गएर भोट माग्दै आफू जनातको सहारा बन्ने बाँचा गरेका केही जनप्रतिनिधीहरु आफ्नो बाँचालाई पोलेर खाएको आरोप कतिपय ठाउँमा लाग्ने गरेको छ । त्यस्तै झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का नागरिकहरुले पनि आफ्नो वडाध्यक्षले गरिब जनताको दुःख र मर्म नबुझेको भनेर आक्रोस र गुनासो पोखेका छन् ।

झापा अर्जुनधारा–५ की खिनमाया पौडेल र उनका भाई मित्रलाल निरौलाको दुःख र कष्टका बारेमा वडा सरकार प्रमुख ध्यानबहादुर भारतीलाई र नगर उपप्रमुख कमला खतिवडालाई पटक पटक उनिहरुमा अतिविपन्नताले निम्त्याएको समस्याबारे जानकारी गराए पनि कुनै चासो नदेखाएको, गर्छु गर्छु भन्ने आस्वसन मात्र बाढ्ने गरेको भन्दै स्थानियहरु जनप्रतिनिधी समक्ष आक्रोसित बनेका हुँन् ।

‘खिनमाया र मित्रलालको अवस्थाको बारेमा सरकारले अतिविपन्न भनेर वर्गीकरण गरेको व्यक्ती र परिवारमा पर्छ । अतिविपन्न परिवार कस्तो अवस्थामा बाँचेका हुन्छन् भनेर बुझन् परे अर्जुनधारा–५ मा रहेका यि दुई दिदीभाईलाई भेटे छर्लङग हुन्छ ।’ खेतको बिचमा उधाङगो परेको घर छ, बर्खा लागेपछि भ्यागुता र सर्प घरको कुना कुनामा बस्छन्, न पकाउने भाडाँ छ न सुत्ने ओछ्यान, फुकी ओछ्यान मुड्की सिरानीको अबस्था रहेको स्थानिय जीवन खतिवडाले बताए । उनि भन्छन ‘हामि गाउँलेले सकेको सानो सानो समस्याहरु समाधान गरिदिने गरेका छौं । खिनमाया खान छैन भन्दै रुदै गाउँमा आउने गर्छिन केही छाक दिएर पठाउछौं केही दिन पछि उनको समस्या उस्तै रहने गरेको छ । खिनमायाँ बुढेउली तिर ठल्किई सकेकी छन् उनको उमेर ५९ बर्ष भएको छ, गरिवीको चरम चपेटामा परेकी खिनमायाको शारिरिक बनौट पनि खिनौटो रहेको छ त्यसमा पनि रोगी विरामी भएकाले काम गरेर खान सक्ने अवस्था छैन’ संगै रहेका उनका भाई भरपर्दो व्यवाहार थाप्ने खालका छैनन् भाई मित्रलालको पनि हात भाचिएर घाईते बनेका छन् । उसैत घरको व्यवहार नहेर्ने त्यसमाथी घाईते । घरको अवस्था हेर्दा डरलाग्दो दिउसै जान नसकिने अवस्था रहेको छ, घरमा हावा पानी नपुग्ने ठाउँ छैन चारै तिर पोचिएको टाटी र चुईने छाँनो, भात पकाउने चुलो र सुत्ने कोठाबाट बिजुली चम्किएको उज्यालो र आकासको बादल अनि तारा घर भित्रबाटै झलल देखिन्छ, यस्तो नाजुक अवस्था भएको कुरा वडा सरकारलाई भनेऔं, देखायौं वडाध्यक्षले माखो मारेनन् । मनकारी सहयोगीहरुले एक पटक उनिहरुको अवस्था बुझिदिन खतिवडाले अनुरोध गरेका छन् ।

अभाव र विडाकै कारण मित्रलालकी श्रीमती लिला निरौलाले ५ बर्ष अघि घरमै आत्महत्या गरिन, लिलामायाको देहवसान पछि दुई छोराछोरीको विजोग देख्न नसकेर समाजका अगुवाहरुको रोहवर, साक्षीमा काठमाडौंका एक दम्पतीलाई पालन पोषण, शिक्षा दिक्षा गरिदिन आग्रह गरेर पठाई दिएको छिमेकी जीवन खतिवडाले बताए ।
खिनमाया र मित्रलाल बसेको ठाउँमा ८ धुर जग्गा रहेको छ, अशिक्षा र अज्ञान्ताको कारण त्यो जग्गा पनि गुम्ने हो की भनेर संरक्षणका लागि महानन्द चोकका एक व्यक्तीको नाममा राखिएको रहेछ, मित्रलालका छोरा सावालक भएपछि नामसारी गरिदिने गुणकारी काम गर्न तुलसी भट्टराईले उक्त जग्गा संरक्षण गरिदिएका रहेछन् ।

विगत १२ बर्ष देखि सो स्थानमा दुःख भोग्दै आएका खिनमाया र मित्रलालको अवस्था देखेर हर्कलाल लिम्बुले छानो लागाई दिएर सहयोग गरेको मित्रलालले बताए ।
अतिविपन्न परिवारलाई घर, चर्पी बनाउने काम स्थानियसरकार मार्फत भएको सुनेर आफ्नो पनि घर र सौचालय बनाईदिन पहल गरिदिन वडा कार्यालय धेरै पटक धाए, वडाध्यक्षलाई भेटेर समस्या बताए मेरो समस्याको सुनुवाई वडाध्यक्षले गरिदिनु भएन भन्दै खिनमाया डाको छोडेर रुन थालेपछि सोही स्थानबाट हामिले वडाध्यक्ष ध्यानबहादुर भारतीलाई बुझदा समस्या त छ तर श्रोत छैन, पुराना टिन भेटियो भने लगाई दिन्छु, भएन भने नयाँ बजेटमा राखिदिने वडाध्यक्ष भारतीले आश्वसन दिएको जनाकारी गराउदा । सोही बखत ‘खिनमाया र उनका एक छिमेकी घनश्याम भट्टराईले वडाध्यक्षको कुरा पत्याएनन् उहाँको कुरा आश गर्नु भर नपर्नु हो।’ भट्टराईले भने ‘१२ बर्ष देखि दुःख झेल्दै आएका दिदीभाईको बारेमा स्थानिय सरकार बनेको ४ बर्ष बितिसक्दा पनि केही गर्दैन भने अब कसरी विश्वास गर्नु, साच्चै भन्ने हो भने नगरपालिका भएकै बर्षमा यस्ता नागरिकहरु खोजी खोजी उनिहरुको रक्षा गर्नु पर्ने होईन, झुटको खेती मात्र गर्नेकाम भईरहेको छ ।’

बस्ने घरको अवस्था त नाजुक छदै छ । खुल्ला दिशामुक्त नगरपालिकामा बसेका उनिहरुको सौचालय छैन, सौचालय चाईन्छ भन्ने ज्ञान नभएर होईन, बनाउन सक्ने सामर्थ नभएर उनिहरुकोमा सौचालय छैन । अर्काको खेतको आलीको डिलमुनी र कहिलेकाही छिमेकीको सौचालय प्रयोग गर्दै आएका छन् । छिमेकीले कतिदिन दिउन त्यो समस्या भोग्नेलाई मात्र थाहाँ हुन्छ ।

खिनमाया समाजको यस्तो एक पात्र हो । अहिलेको अवस्थामा अरुको घरमा बलेको बिजुली बत्ती देखेर दंग पर्छिन । उनको घर एकान्तमा छ । छरछिमेकीको घर ३ सय मिटर टाढा पर्छ । जव साँझ पर्छ अरुतिर बत्ती बलेको देख्छिन खिनमाया, अनि आफ्नो भाग्यलाई दोष दिदै हातले पुर्रपुरो ठोक्छिन् । उनकोमा बिजुलीको त कुरै छोडौं टुकीमा हाल्ने तेल समेत हुदैन, मागेर ल्याएको अन्न पकाएको खाने भाडाँ थिएनन् भएका पनि प्वाल परेका त्यसमा पनि पकायो भने खाने थाल थिएन, पानी खाने गिलास समेत नभएको त्यो दर्दनाक दुःख देखेर रेडक्रस कर्मी स्थानिय ओम लुईटेलले रेडक्रस मार्फत केही बर्ष अघि भाडाँ र त्रिपाल उपलब्ध गराई दिएका थिए, त्यो त्रिपाल पनि च्यातिएर टुक्राटुक्रा भई सकेको छ । भाडाँहरु पनि खिईएर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । पानी खान समस्या थियो । गाउँलेहरुले सहयोग जुटाएर बनाई दिएको कल पनि केही दिन अगाडी बिग्रिएर पानी आउन छोडी पछि पानी खान नपाएर संकटमा परेकी खिनमाया कल बनाउने खर्च समेत जुटाउन नसकेर गाउँलेहरु संग सहयोग माग्दै आएपछि ६ सय रुपैया संकलन गरेर कल बनाई दिएको लुईटेलले बताए ।

खिनमायाको दुःख र पीडा छोटो समयमा सब्दमा लेखेर सकिदैन, आफ्नो कुरा भन्ने क्रमममा बेला बेला भक्कनो छोडेर रुन थालेपछि कुराकारीलाई रोक्दै तपाईलाई अति अवश्य परेको कुरा के हो भनेर सोध्दा टिनको बेरा, टिनकै ढोेका र टिनकै सौचालय, र सोलर बत्ती भए हुन्छ भनिन् ।

खिनमायाको समस्याहरु धेरै छन् । सबै समस्याहरु एकैपटक समाधान गरिदिने दाताहरु पनि नभेटिएलान, हुन त समाजमा लाखौं करोडौं खर्च गरेर ठुला ठुला भवनहरु बनाई दिने दाताहरु पनि छन् । त्यस्ता मनकारी दाताहरुको लागि खिनमायाको समस्या सामान्य हो । लाख रुपैया नलाग्दै हजारौंमै समस्या समाधान हुने देखिएको छ । सानो सानो रकम धेरैजनाले जम्मा गरेर पनि खिनमायाको तत्कालको ठुलो समस्या हल हुने देखिन्छ । उनलाई सहयोग गर्दै आएका रेडक्रसकर्मी ओम लुईटेल खिनमायाको समस्या समाधान गर्नको लागि भौतिक रुपमा खटिन तयार छन् । देश विदेशमा रहने मनकारी, स्थानिय संघसंस्था तथा सामाजिक व्यक्तीहरु संग खिनमायालाई यो बर्खे झरीबाट बचाउन थोरै थोरै भएपनि आर्थिक सहयोग गरिदिन लुईटेलले सबै समक्ष अपील गरेका छन् । खिनमायाको अबस्थाबारे थप बुझन चहानेहरुको लागि उनले आफ्नो सम्कर्पक नम्बर पनि टिपाएका छन् । ९८५२६७१५८४

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 54

प्रतिक्रिया (०)