Aamsanchar

सानो माई नदीमा स्थानिय एक व्यक्ति मृत फेला

Author Image
बिहिवार, असार २४, २०७८

शरणामती। झापा गाउँपालिका–२ स्थित सडकबारीको सानो माई नदिमा एक व्याक्ती मृत फेला परेका छन। स्थानिय ५१ वर्षीय बिष्णु बहादुर राई मृत फेला परेका हुन।

प्रहरीका अनुसार राई गत सोमबार देखि घर देखि वेपत्ता भएका थिए। राईका परिवारले स्थानिय प्रहरीलाई राईलाई खोजी गरिदिन आग्रह गरेका थिए।

टाघनडुब्बा सशस्त्र प्रहरी प्रमुख सचिन प्रधानको कमाण्डमा रहेको टोली र इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले हिजो दिउँसो राईलाई नजिकैको सानोमाई नदीमा डुबेको अबस्थामा मृत फेला परेका थिए।

मृतक राईका बारेमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर