Aamsanchar

अन्धकार देशलाई उज्यालो बनाउने अभियन्ता अर्थ मन्त्री

Author Image
बुधवार, असार ३०, २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन्।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका हुन् । ऊर्जा मन्त्रीको रुपमा उनको कार्यकाल स्मरणयोग्य रहेको छ ।

चर्को विद्युत्भार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहेका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन्।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र शर्मा र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मनुभएका शर्माको विशेष रुचीको क्षेत्र साहित्य र कृषि हो ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्मा लोकप्रिय नेताका रुपमा परिचित छन् । राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गर्नुभएका शर्माले जनसेवाश्री र संविधनसभा पदक प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुन र चाँदीको मूल्य बढ्यो
आइतवार, पौष ७, २०८१
सुनको मूल्य
शुक्रवार, पौष ५, २०८१