Aamsanchar

प्रकाशको जीवन बचाउन धन र मन भएकाहरुबाट सहयोग जुट्दै

Author Image
आइतवार, साउन ३१, २०७८

हसिलो, फरासिलो, स्वभामिनी अनि मेहतीका कारण दुई बर्ष अघी सम्म गाउँमा धेरैले चिनेको झापा बिर्तामोड–२, चारपानेका ३२ बर्षे युवा, प्रकाश शर्मा धेरैकोे स्मरणबाट हट्दै गएका छन् ।

अझ सजिलो सब्दमा भन्नु पर्दा प्रकाशलाई समुदायले बिस्रदै जाने अबस्थामा गुज्रिन बाध्य बनेका छन् यस्तो हुनुको कारण हो । उनि भित्रको रोग । दुई बर्ष देखि उनि समुदायमा उपस्थित हुन नसक्नु हो । कोही संग काम विशेष वा अन्य कारणले भेटघाट बोलचाल नहुनु पनि हो ।

उनि त चाहान्थे आफ्नो परिवारको जिम्मेवारी पुरागर्दै सकेको समाजको लागि पनि केही गरौं, धेरै भन्दा धेरैसंग परिचय गरौं, आत्मियता बाढौं, धनको धनी नभएपनि मन र कर्मको धनी प्रकाश यतीवेला अध्यारो कोठामा सजिलो संग सुत्न पनि नसकी थलिएका छन् । उनि वृहत समाजको सम्पर्क भन्दा टाढाहुन पुगेका छन् । प्रकाशको स्वास्थ्य र आर्थिक आवस्थाको बारेमा एक हप्ता अघि आमसंचार डटकमले समाचार बाहिर ल्याएको थियो । उक्त समाचार झापाका धेरै सञ्चार माध्ययमबाट पनि सम्प्रेषण भएपछि समुदायका अलि टाढाका मानिसहरु समक्ष सम्पर्क, व्यवहारिक सम्बन्ध विक्षेत भएपनि प्रकाशको सवल आचरणका कारण प्रभावित बनेका स्थानिय समाजसेवी, संघसंस्थाका प्रतिनिधीहरुले प्रकाशलाई सम्झिएका छन् । प्रकाशको उपचारको लागि सहयोग गर्दै थप सहयोगका लागि पहल कदमी अघि बढाएका छन् । प्रकाश बचाउ अभियान नै संचालन गरेका छन् ।

सञ्चार माध्यम र अभियानले प्रवाह गरेको सुचनाको सकारात्मक प्रभावका कारण मानव सेवा नै धर्म हो । यो भन्दा ठुलो अर्को धर्म छैन, धर्ममात्र होईन मानवले मानलाई सहयोग नगरे सामाजिक प्राणी भएको औचित्य पनि हुदैन भनेर सहयोगको भावनाले, प्रकाशाको जीवन बचाउन स्थानिय, देश र विदेशबाट धेरैजनाले सकेको आर्थिक सहयोग गर्नेकाम सुरु भएको छ । जस अनुसार हप्तादिन शनिबार सम्म  तिन लाख रुपियाँ संकलन भई सकेको समितिका कोषाध्यक्ष सिखा खड्काले बताएकी छन् ।  खड्काको अनुसार थप सहयोग जुटने क्रम जारी रहेको छ ।

प्रकाशको उपचारको लागि १२ देखि १५ लार्ख खर्च लाग्ने अनुमान गरिएको प्रकाश बचाउ अभियानका संयोजक डिल्लीराम सिटौलाले बताएका छन् ।

दुई बर्ष देखि ओछ्यान परेर घरमै सुतेर बाच्न कर्मशिल निरोगी मानसिले कल्पना पनि गर्न सक्दैन । तर यहाँ रोगका कारण पलपल पिडा भोग्दै बाची रहेका छन् प्रकाश । रोगले चाप्नु भन्दा अगाडी सिकर्मी काम गरेर गुजरा चलाउदै आएका थिए । १० बर्ष अघी देखि वाथ रोगबाट उत्पन्न समस्यालाई अल्पकालिन समाधान दुखाई कम हुने औषधि खादै जेनतेन काम गर्दै आएका प्रकाश दुई बर्ष देखि थलिए पछि उनले चलाउने औजारहरु पनि खिया लागेर विरामी परेका छन् ।

प्रकाशको दुवै घुडाको पाङ्ग्रा र दुईवटै तिघ्राको मुख्य हड्डी मकिएका कारण उनको स्वास्थ्य अबस्था जटिल बनेको हो । चिकित्सको सल्लाह अनुसार कृतिम हड्डी (स्टिल) लगाएर उनको उपचार गर्न सकिने र उक्त उपचार सफल भएमा पुनः सामान्य जीवन यापन गर्न सक्ने र ९० प्रतिशत अप्रेशन सफल हुनेगरेको जानकारी प्राप्त भएको समितिले जनाएको छ । ९० प्रतिशत निको हुने अवस्थाको रोगको उपचार गर्न समुदाय किन नलाग्ने भन्दै प्रकाशकै घरमा पुगेर सहयोग गर्नेहरुको उपस्थिती बाक्लिन थालेको छ ।

प्रकाशको उचारका लागि दैनिक रुपमा देश विदेशबाट सहयोग जुटने काम भईरहेको छ । पहिले पनि प्रकाशको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । उनि काम गर्न सक्न छोडेपछि झन कम्जोर बनेको छ । हिजोका दिनमा उपचार गर्दा भएको पाँच धुर जग्गा पनि बैंकमा धितो राखेका कारण सो जग्गा पनि गुम्ने अवस्थामा छ । जग्गा जमिन भन्दा जीवन महत्वपूर्ण हो । प्रकाशलाई समुदायले बचाउन सके उनको सिंगो परिवार बाच्ने थियो, बुवा, आमा, श्रीमती र दुई सन्तानको आशा र भरोसाका केन्द्र प्रकाशको जीवन बचाउन आर्थिक सहयोग गरिदिन समितिले र प्रकाशको अवस्थालाई नजिकबाट देख्ने बुझने हरुले सामाजिक संजालबाट पनि अपील गरेका छन् । प्रकाशलाई सहयोग गर्न चाहने महानुभाव हरुले एनआईसी बैंकमा प्रकाश शर्माको नाममा रहेको खाता नम्बर ीज्ञडठण्ण्ज्ञण्घद्धघछद्दद्धण्ज्ञ मा सहयोग पठाउन सकिने छ । उक्त खाता प्रकाश बचाउ अभियान समितिले व्यवस्थापन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर