बर्षमा हर्षका साथ मनाई दशैंको महत्व, औचित्यको बारेमा धेरै विचार, तर्कहरु हुने गरेको पाईन्छ । कतिले दशैंको पौराणिक महत्व बुझेर मनाउनछन् भने कसैले देखासेखी रमाईलोको लागि मात्र दर्शैं मनाउने गरेको बुझिएको छ । बास्तवमा दशैं भनेको केहो, किन नेपालमा मात्र मनाईन्छ । दशैलाई हिन्दुहरुको पर्व पनि भनिने गरेको छ । यदी हिन्दु हरुको मात्र हो भने भातरमा किन जमरा अक्षेताको चलन छैन, यस कारण पनि दशैं हिन्दुहरुको मात्र होईन नेपाल र नेपालीको पर्व हो भन्दा उचित हुन्छ होला। कुनै न कुनै हिसावले आआफ्नै संस्कृति अनुसार दशैं मनाई रहेकै हुन्छन नेपालीहरुले ।
दशैं शब्दको अर्थ
दशैं शव्द अंक दशबाट बनेको हो । दश अंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्यय थपेर बनेको हो । १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन । घर–गाउँका मानिसहरूले दश महिनासम्म खेती, किसानीको काम गर्छन् । यसरी दश महिनासम्म काम गर्दा कहिले कहीं आराम र मनोरञ्जन पनि गर्नुपर्छ । त्यसो नगरे स्वस्थ्य विग्रन्छ, बिरामी भइन्छ । दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय (जिवात्मा/ मनुष्य) ले विश्राम लिने अवसरको रूपमा दशैं मान्ने परम्परा सुरु भयो । तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्र विश्राम नगरेर रमाइलोको लागि एक–अर्काको घरमा गएर कुराकानी गर्ने अवसरको रूपमा दशैंको सुरु भयो । यसैगरी प्रकृति ९धर्तीमाता०लाई कसरी विश्राम दिइएको छ भन्दा यसबेला कसैले खेतबारीमा खेतीपाती लगाउदैनन्, लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु हन्छ । यो प्रकृतिले विश्राम लिएको हो । ऋग्वेदकालमा दशैंलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो । इतिहासको कालखण्ड अनुसार दशैंको नाम फरक–फरक हुदै आएको छ ।
दशैं किन मनाइन्छ ?
दशैंको सम्मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ/पूर्वजहरूको श्रद्धा गरिने चलन छ । यसो किन गरिन्छ भन्दा दुर्गतीलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ ।
सोह्र श्राद्ध आफ्नो पितृ (पूर्वज) हरू प्रति गरिने श्रद्धा हो । हामी को हौं रु कहाँबाट आयौं ? भनेर आफ्नो पूर्वजहरूको संस्मरणको लागि श्राद्ध गरिन्छ । श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन् । क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिदैन । श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन् । आफ्नो पितृहरूको संझनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो । खानु, पिउनु, सुत्नु, हिड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षणक्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो । श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैन । मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ ।
दशैंमा विभिन्न रातो, पहेलो, हरियो, सेतो रङ्गको टिका अनि जमरा निधारमा लगाउछौं । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे (जिवात्मा) ले धर्ती (पृथ्वी) मा खेती लगाउँदाका ७ रूप हुन्छन् । धर्ती (पृथ्वी) माताले उपार्जन गरेको अन्नबाली, सागसब्जी खाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौं । धर्तीमाता माथि नै फोहोर–मैला गर्छौं । ज्यादै कष्ट पनि दिन्छौं । यसको बदलामा पृथ्वी मातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वी माताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।
टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मान गर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मान गर्नु र आशिर्वाद दिन जान्नु पर्दछ, बुझ्नु पर्दछ । दशैं आयो भनेर नयाँ लुगा लगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ ।
दशैं र जनजाति आदिवासी
केही जनजाति आदिवासीले दशैं क्षेत्री, ब्राम्हणजातिको हो हामीहरूको हैन भन्दै दशैं वहिष्कारको अभियान छेडेका छन् । दशैं क्षेत्री, ब्राम्हणको मात्र हो भनेर इतिहासले भन्दैन । किराती जाति शुद्ध सनातनी, वैद्धिक धर्मावलम्बी जाति हुन् । महाभारत पर्वमा ‘किराता यवनाञ्चैव ताः ताः क्षत्रियजातयः’ अर्थात् किरातीहरू क्षेत्री जाति हुन् भनेर भनेर लेखिएको छ ।
जनजाति भन्ने शव्दै छैन । ‘जन’ भनेको मनुष्य हो । यसर्थ, ‘जनजाति’ भन्नाले ‘मनुष्य जाति’ मात्रै हो । राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ जस्ता जाति जनजाति हुन् भने क्षेत्री, बाहुन, कामी, दमाई जातिलाई चाहिं के भन्ने रु पशुजाति रु के उनीहरूलाई पशुजाति भन्दा मान्लान् ? हामी पशुजाति भनेर स्वीकार गर्लान् रु त्यसकारण राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, तामाङ, कामी, दमाई, बाहुन, क्षेत्री सबै जाति जनजाति हुन् ।
जापान, जर्मन, चिन, इङ्ल्याण्ड, आयरल्याण्ड, अमेरिका, बर्मा, श्रीलंका जस्ता देशहरूमा पनि विभिन्न जातिहरू छन् । यहाँका राई, लिम्बु, गुरुङ, मगर जस्ता जातिलाई जनजाति भन्छौं भने त्यहाँका जातिहरूलाई के भन्ने त प्रश्न उठ्छ ।
आदिवासी भन्नाले सुरुदेखि बस्दै आएको जाति बुझाउँछ । गौतम बुद्ध जन्मिएका २६०० वर्षभन्दा बढी भयो । उनी किराती क्षेत्री हुन् । उनीभन्दा पहिले ३ वटा बुद्ध थिए । उनीहरू सबै बाहुन थिए । ती मध्ये दुई जना त पहाडे बाहुन नै थिए । यसले यहाँ बसोबास गर्ने आदिवासी को रहेछ ? हामी किरातहरू आदिवासी हौं तर किरातहरू आदिवासी हौं भन्दैमा क्षेत्री, बाहुन, दमाई, कामीहरू बाहिरी जाति हुन् भन्न म सक्दिनँ । इतिहासलाई कसैले रोक्न सक्दैन । घुस्सा हानेर छेक्न सक्दैन । डबका पिएर पनि छेक्न सक्दैन ।
विजयदशमी किन भनिन्छ ?
दशैलाई विजयदशमी पनि भन्ने गरिन्छ । कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् । तर त्यसो हैन । राम र रावणको युद्ध त प्रचण्डले गिरिजालाई राष्ट्रपति बनाउँछु भनेर पछि नबनाएर गिरिजालाई हराए जस्तै त हो । यो कुन ठुलो कुरा हो र रु मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृतिमाथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजयदशमी भनिएको हो ।
विकृति विसंगति
दशै मान्ने परम्परामा धेरै विकृति विसंगति पाइन्छ । स्वस्थ्यवद्र्धक मिठो मसिनो बनाएर खानु पर्दछ । जाँडरक्सी र मासुमंसले स्वास्थ्यलाई हानी पु¥याउने भएकोले खानु हुँदैन । जाँडरक्सी र मासुले बुद्धि मोटो बनाउँछ, बुद्धि बिगार्छ । जाँडरक्सी र मासुमंस खानै पर्छ भन्ने छैन । कसैको हत्या नगरी मासु हुँदैन । आफू जस्तै अर्को जिवात्माको हत्या गर्नु राम्रो हैन । वर्षभरी खाने अन्नबाली दशैंमा खर्च गरेर ६ महिनामात्र पुग्ने र त्यसपछि बेसाउन हिड्नु पर्ने अवस्था आउँछ । यसले मान्छेलाई गरिब बनाउँछ । जतिबेला जाँडको घ्याम्पामा पसेका थिएनौं र सँुगुर र कुखुराको खोरमा बसेका थिएनांै, त्यतिबेला हामी किरातीहरू राजा–महाराजा, करोडपति, अरबपति थियौं । जाँडरक्सी र मासु नखाने किरातीहरू आज पनि विद्धान छन् । डा.स्वामी प्रपन्नाचार्यले २०७६ सालमा दिएको अभिव्यक्तिमा आधारित ।