Aamsanchar

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राजीनामा नदिने अडानमा

Author Image
बुधवार, कार्तिक १०, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए ।

सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् ।

तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईंहरूले पनि राजीनामा दिने भए म पनि दिन्छु,’ प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूसँग भने, ‘सडकबाट कसैले राजीनामा माग्दैमा म दिन्नँ, म आफ्नो संवैधानिक दायित्वमा बस्छु ।’

साथै, प्रधानन्यायाधीश राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले न्यायाधीशहरूले राजीनामा माग्दैमा खुरुक्क दिने पक्षमा नरहेको बताए ।
तीन दिनदेखि इजलास बहिष्कार गर्दै न्यायाधीशहरू छलफलमा जुटिरहेका छन् । प्रधानन्यायाधीशको राजीनामालाई एक सूत्रीय माग बनाएर दबाब सिर्जना गरिरहेका न्यायाधीशहरूले इजलास बहिष्कारदेखि फुलकोर्ट बैठक बहिष्कार गरिसकेका छन् । प्रधानन्यायाधीशमा न्यायिक विचलन आएको र राजनीतिक भागबण्डामा मुछिएकोलगायतको आरोप न्यायाधीशहरूको छ । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर