

यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस।

मधुमेह रोगमा के खाने
फलफूूलः
अमला, भुई अमला, कागती, सुन्तला, मेवा काक्रो, खरबुजा, नास्पाती, बेल, बेलाती, जमुना, फडिर, मौसम, अंजिर, सिंगडा जस्ता फल खान सकिन्छ । फल खादां खानासंग नखाएको राम्रो हो् । १५० ग्राम फलफूूल दिनमा तीन देखि पाँच चोटी खाने बानि बसालौ र खानामा पनि भेज—सलाद लिने गरौ । मधुमेहको रोगीलाई भोक ज्यादा लागिरहने हुदां भोक लागेको बेलामा यि फलहरु लिनुपर्छ ।

सागपातः
लुडेको साग, लट्टेको साग, बेथेको साग, तोरीको साग, पालुंगोको साग, मेथीको साग, रायोको साग, तितेकरेला, चुच्चे करेला, फर्सिको मुन्टा, कलिलो फर्सि, झिंगनी, रामतोरीया, घिरौला, लौका, भेडे खुर्सानी, सलगम, मुला, हरियो सिमी, बोडी, लसुन, तथा प्याजको पत्ता कडी पत्ता आदि

अन्न दाल गेडागुडीः
रातो चामल, बोक्रासंग पकाएको दाल, गहुंको खस्रो पिठो, दलिया, मकैको च्याख्ला, आँटो, फापर, कोदो, सामा कागुनी, वा जौको भात, वा ढिडो । भुटेको मकै, भटमास,चना, अंकुरित गेडागुडी, ओटमिल, कर्नफेल्क्स, ब्राउन ब्रेड ।
जुसः
करेला, अमला, पालुंगो, लौका, सलगम, कोभी, बन्दाकोभी, एलियोभेरा (घीउकुमारी) गहुँको जमराको जुस ।
मधुमेह रोगमा के नखाने ?
गुलिया चिज : मिठाई चकलेट , चिनी, मिस्री, सख्खर हालेको खाद्यान्नहरु, आइसक्रिम
तेलमा तारेका परिकारहरु : सेल,अर्सा, अनर्सा, पत्रे, कुराउनी, गुदपाक, कसार, पुरी, जुलेबी,स्वारी, बर्फी र अन्य मिठाई आदि
मीठो गुलियो फलफूल : केरा, स्याउ, आँप, चुकन्दर, अंगुर, लिची, सरिफा, गाजर, किम्बु, नरिवल, कटहर, भुइंकटहर
कन्दमूल : आलु, पिडालु, सुठुनी, अखी, ओल, तरुल, सिमल–तरुल, गाजर, चुकन्दर आदी
नून धेरै हालेको चिनी, धेरै हालेको , मैदाका परिकार घ्यू वनस्पति घ्यू मा बनेका परिकारहरु इनर्जी , कार्वोहाइडे«ट र स्विटण्ड ड्रिङ्क बिस्कुट, चाउचाउ, पाउरोटी र चाइनिज फुड जस्ता परिकार जंक फुड चिया, कफी, मिल्कसेक, माछा, मासु, बोसो आदि
विशेष निर्देशनः
घ्यू तेलको मात्रालाई अत्यन्त कम गरौं तौल ज्यादा भएका र मधुमेह सँगै कोलस्ट्रोलका समस्या भएकाले तेल रहित (जीरो आयल) कुकिङ्ग को विधि सिकेर तेल घ्यू छोडी दिऔं । खानै पर्नेहरुले सूर्यमुखी, आलस , तोरी, भटमास वा जैतुनको तेल खाने गरौं । घ्यू, माछामासु र बोसो नखाऔं ।
तर निकालेको दूध दही पनिर हल्का खान सकिन्छ । चिनी नहालेको दूध चिया दिनमा २ कप सम्म लिन सकिन्छ । ग्रिन टी, जडीबुटी हालेको मोही, मह र कागती पनि लिन सकिन्छ ।
सकभर माछामासु नखाएकै राम्रो हो । बोसो भएको मासु खान हुँदैन। माछा लोकल कुखुरा लौकट वा हाँसको मासु अण्डाको सेतो भाग (उसिनेको) खान सकिन्छ । माछामासु खानेले खसी बोका ,भेडा , च्याङ्ग्रा, रागा , भैंसी र बंगुर जस्ता जनावरको मासु खानु हुँदैन ।
मधुमेहका रोगीलाई चिनी रहित गुलिया पदार्थको सेवन गर्न सल्लाहा दिईन्छ तर यसका धेरै साईड ईफेक्टहरू छन् ।
खाना लिदा विशेसतः लो ग्लाइसेमिक इटिङ्गका सिद्धान्तहरु पालन गर्नुु पर्छः त्यसकालागी निम्न कुुरो ध्यान दिन आवश्यक छ ।
चिनी हालेको खानेकुराहरूको परहेज गर्ने गरौं।
पानी धेरै भएका फाइबर रेसा र चोकरदार खानेकुरा खाऔ ।
अन्न दाल गेडागुडी लाई सकभर सग्लै पकाएर खाने गरे धेरै प्रोसेस गरेको खाद्यान्न स्टार्च धेरै भएका खानेकुराहरुको उपयोग सावधानी पूर्वक गरौं ।
ढिलो पच्ने खानेकुराहरु जस्तै उमारेका गेडागेडी, सागपात , क्वाटी खाने बानी बसालौं ।
सेचुरेटेड फ्याट को उपयोग कम गरेर पोली अनसेचुरेटेड फ्याट जस्तै जैतुनको तेल बदाम भटमास सुर्यमुखीको तेल खाऔं ।
एकैचोटी धेरै खाना नखाऔं थोरै थोरै गरेर धेरै पटक खाऔं ।
गुलिया फलफूल नखाऔं ।

