बिर्तामोड । बिर्तामोडको सायदै नाम नसुन्ने नेपालीहरु छैनन् होला । बिर्तामोडलाई पूर्वको एक व्यापारिक केन्द्रको रुपमा धेरैले बुझने गरेका छन् । साविक मेची अञ्चलकै प्रमुख व्यापारिक सहर विबर्तामोड रहेको थियो, आज पनि रहेको छ । बिर्तामोडमा आधुनिक युग सुहाउदो प्राय सबै सुविधा उपलब्ध छ ।
पाँचतारे होटल, मल्टीप्लेक्स सिनेमा हल, व्यवसायिक मल, नेपालमा दर्ता भएको सबै बैंको शाखा, हाउजिङ, ठुला साना सबै कम्पनीका गाडीका डिलर, कृषि उपज, हार्डवेयर, सुविधा सम्पन्न अस्पताल, विशिष्ठ श्रेणीका शैक्षिक प्रतिष्ठानहरु विर्तामोडका मुख्य आर्कषण हुन भने अन्य सयौं विश्व बजारमा उपलब्ध बस्तुहरु पाईने सहरमा पर्छ बिर्तामोड ।
बिर्तामोडलाई यो स्थानमा पुर्याउने काम नीजि क्षेत्रबाट भएको हो भन्न अफट्यारो मान्नु पर्ने केही छैन । सरकारी स्तरबाट भने भद्रपुर रोडलाई फराकिलो बनाउने काम भएको छ । अरु देखिने ठोस् काम भनेको विरलैमात्र छ ।
बिर्तामोडको बहुपक्षिय राम्रो हुँदा हुदै पनि नराम्रो पक्षहरु पनि देखिएको छ । नराम्रो पक्षहरुमा अव्यस्थित फुटपात, फुटेका ढल नाली, फोहोरको उचित व्यवस्थापन नहुनु, जतात्यतै तारको जालो, यत्रतत्र होडिङबोड, पार्किङ स्थल, सार्वजनिक सौचालय अभाव, सडकभरी धुलैधुलो, सामाजिक सुधार योजना विहिन धेरै सामाजिक संघ संस्था, नेता अनि कार्यकर्ता हुनु हो । यि समस्या त छदै छन् अर्को मुख्य समस्या भनेको बिर्तामोडमा ठुलो पानी पर्यो भने खोला क्षेत्र आसपासका टोल डुभान हुनु हो ।
बिर्तामोडको लागि प्राकृतिक बरदानको रुपमा रहेको अन्धुवा खेला, खोलाको रुपमा नरहेर ढलकै रुपमा प्रयोग हुदै आएको छ । पछिल्लो समय केही युवाहरुले सुरु गरेको बिर्तामोड सफाई अभियनले भने केही सुधार ल्याएको छ । यधपी अझै धेरै काम हुन बाँकी छ ।
बिर्तामोड क्षेत्रमा करिव ५ किलो मिटर लामो अन्धुवा खोला रहेको छ । खोलाको दुबै किनारमा ठुला ठुला महल देखि सुकुम्बासीका साना घरहरु पनि रहेका छन् । केही बर्ष अगाडी बिर्तामोडमा परेकै पानीले बिर्तामोडका धेरै स्थान डुभानमा पर्यो, धेरै धनमालको क्षती भयो । त्यही समस्यालाई देखेर राजनिती दलका नेताहरुले अन्धुवा खोलाको समस्या समाधान गर्ने भनेर गत चुनावमा चुनावी एजेण्डाहरु बनाएर चुनाव चिते, तर आज पनि अन्धुवाको बेहाल अबस्था जस्ताको त्यस्तै रहेको छ । केही ठाउँमा व्यक्तिले घर बनाउदा नदी कटानलाई रोक्न पक्की वाल लगाएका छन् । खाली जमिन क्षेत्रमा नदी कटान र ओभरफ्लोहुने जोखिम छदै छ ।
अन्धुवा खोलालाई जोगाउदै त्यही खोलालाई सफा र व्यस्थित बनाउने हो भने बिर्तामोडको शुन्दरतालाई माथी उठान र आन्तरिक पर्यटन र खुल्ला वातवरणमा स्वक्ष साँस फेर्ने ठाउँ बन्न सक्थ्यो । तर यसका लागि स्थानिय सरकार राजनितीदल, सामाजिक संघसंस्थाहरु र नागरिकको सक्रियता आवश्यक पर्छ । सरोकार पक्ष संग अन्धुवा खोलालाई सौदर्यकरण गर्ने कुनै योजना नै बनेको छैन ।
यसै बिच बिर्तामोडमा बनेको समृद्धि कोलोनीले भने खोलालाई यसरी व्यवस्थापन गर्न सकिन्छ है भनेर नमुना प्रस्तुत गरिदिएको छ । कोलोनीको मध्य भागमा रहेको अन्धुवा खोलालाई दिर्घकलिन रुपमा दुबै किनारमा तटबन्धन गरिएको छ । एउटा निजी कम्पनीले गरेका काम बिर्तामोडको लागि नमुना बनेको छ । सो क्षेत्रमा स्थानियहरु रमाईलोको लागि घुमफिर गर्न जानथालेका छन् । कोलोनी देखी पछाडीका टोलबासीहरु अब खोला कहिलै नपस्ने भयो भनेर खुसी भएका छन् । तिहार देखि छठ पूजा सम्म कोलोनीले खोलालाई अझ सौदर्य बनाको छ । बिजुली बत्तीले चम्कििएको अन्धुवा खोलाको रिर्पोटिङ गर्न पुगेका आमसंचार कर्मीसंग कोलोनी संचालनमा ल्याउने र सो ठाउँमा बसोबास गर्ने अनि घुम्नकोलागि पुग्नेहरुको यस्तो धारणा रोखका छन् ।
कोलोनीले जसरी खोलालाई दुबै तर्फ तटबन्धन गरेको छ । त्यसैगरी बिर्तामोडमा पर्ने अधुबा खोलालाई सबै ठाउँमा पक्की तटबन्ध गर्ने हो भने बिर्तामोडको लागि ठुलो उपलब्धीको काम हुने छ । स्थानिय सरकार र दलका नेताहरुले पनि यो कामले जनभावना र चाहानालाई सम्बोधन गरेको ठहरिने छ । यस किसिमको काम गर्नको लागि स्थानिय सरकार लगायत सबै पक्षको ध्यान जान जरुरी छ ।
भिडियो पनि हेर्नुहोस् ।