Aamsanchar

भद्रपुर जेसीजद्वारा ११ जनालाई छात्रबृत्ति प्रदान

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

भद्रपुर ।  युवाहरुको संस्था भद्रपुर जेसीजले भद्रपुर क्षेत्रका विभिन्न संस्थागत विद्यालयका जेहेन्दार तथा विपन्न ११ जना छात्रा–छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
भद्रपुर जेसजिले आज मंगलबार जेसीज सप्ताह उद्घाटन तथा जेसी स्व. खगेन्द्र सुवेदीको स्मृति दिवसको अवसर पारेर छात्रबृत्ति प्रदान गरेको हो ।

भद्रपुर जेसजिका अध्यक्ष निकाश पाण्डेको अध्यक्षतामा भद्रपुर ८ स्थित जेसीजकै सचिवालयको सभाहलमा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलगायतले शैक्षिक सामग्री वितरण गरेका थिए । शैक्षिक सामग्री पाउनेमा प्रज्ञा एकाडेमीका सुस्मिता मुर्मु, रविना मुर्मु र लक्ष्मी मुर्मु रहेका छन् भने विभूति विद्या मन्दिरका लक्ष्मी भुजेल, निशा भूजेल र महेश दुलाल रहेका छन् । दुई–दुईजना छनोट गरिएका सिग्मा, मेरीगोल्ड र विदूर इङलिश स्कूलका विद्यार्थी अनुपस्थित रहे पनि उनीहरुलाई ती शैक्षिक सामग्री उपलब्ध गरायने अध्यक्ष पाण्डेले बताए ।

सैलेश श्रेष्ठ संयोजक रहेको कार्यक्रम महासचिव मनोज भट्टराईले सञ्चालन गरेका थिए ।

जेसजिले छात्रबृत्तिस्वरुप स्कूल व्याग र एक वर्षलाई पुग्ने कपी, कलमलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले भद्रपुर जेसीजले सामाजिक सेवाक्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए भने उपप्रमुख श्रेष्ठ, पूर्व अध्यक्ष हरि घिमिरे, डिल्लीराम पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जेसीले यो साताभरि विभिन्न रचनात्मक क्रियाकलापका साथ जेसीज सप्ताह मनाउने जेसीज सप्ताह मूल समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । उनका अनुसार  सप्ताहअन्र्गत रक्तदान, नेतृत्व विकास तालिम, जेसीज अभियान, खेलकुद, जेसजि भिलेज निर्माणजस्ता कार्यक्रम सम्पन्न हुनेछ ।

भद्रपुर जेसीले सप्ताह शुभारम्भकै अवसर पारेर सचिवालयको दोस्रो तलाको ढलाइ पनि गरेको महासचिव भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर