Aamsanchar

बीपी राजमार्गमा पहेँलपुर जुनार

Author Image
बिहिवार, मंसिर २३, २०७८

सिन्धुलीको खुर्कोट जुनार खेतीका लागि प्रख्यात ठाउँ हो। काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ।

खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ। यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँमा जुनारको व्यवसायीक खेती गरिँदै आएको छ। यहाँका कृषकले बीपी राजमार्गका विभिन्न सडक र जिल्ला सदरमुकाम तथा खुर्कोट, मन्थली, रामेछापलगायतका बजारहरूमा पुर्‍याएर बिक्री गर्ने गरेका छन्।

कृषकहरुले जुनार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। यहाँ प्रतिकेजी जुनार र सुन्तला १०० मा बिक्री हुने गरेको छ। सिन्धुली जिल्लामा अहिले वार्षिक रूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ।

उत्पादितमध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हुँदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ।

दुई हजार एकसय घरधुरी व्यावसायिक र सङ्गठित रूपमा जुनार खेतीमा संलग्न रहेको आंकडा रहेपनि थप करिब एक हजारको सङ्ख्यामा कृषकले यसको खेती गरेको बताइएको छ। सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हुँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर