Aamsanchar

वीरता जेसीज सन् २०२१ लाई स्मरण गर्दा

Author Image
सोमवार, माघ ३, २०७८

वीरता जेसीजको ४० औं अधिवेशनबाट २०७७ साल पुस १८ गते बर्ष २०२१ को अध्यक्षमा निर्वाचित भएर मैंले वीरता जेसीज बर्ष २०२१ को कार्यकाल शुभारम्भ गर्ने जिम्मेवारी पाएको हुँ । मैंले अध्यक्ष पदका लागि उम्मेदवारी दिइरहँदा म संगै अध्यक्षको दौडाहमा साथीहरु घनश्याम चौधरी, प्रविण खड्का, दिवाकरलाल चौधरी, दिवाकर प्रसाई, प्रकाश सुवेदी, जीवनकुमार खड्काले उम्मेदवारी दिनुभएको थियो ।
अन्य साथीहरुले सहमति सहकार्य र एकताको सन्देश प्रवाह गर्दै जेसीज सदस्यहरुलाई एक ढिक्का बनाएर अघि बढ्न सहजता होस् भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर मलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर्नुभएको थियो । अध्यक्षमा चयन भएसंगै २०७७ साल माघ ९ गते औपचारिक रुपमा हाम्रो टीमले पदभार ग्रहण गर्यो । बिर्तामोडस्थित टावरटेम्पल स्कूलमा भएको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहका बीच पदभार ग्रहण गरियो । पदभार ग्रहण गरेसंगै मेरो काँधमा धेरै जिम्मेवारी थपिएको थियो । मैंले संस्थापक र पूर्वअध्यक्षहरुसंग आशिर्वाद लिएर वीरता जेसीजलाई नयाँ उचाईमा पुर्याउने वाचा गरें । पदभार ग्रहण गरेसंगै हामीले राष्ट्र र जेसीजप्रति गौरव गर्दै २०७७ साल माघ ११ गते वीरता जेसीजको बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर वीरता जेसीजको सन् २०२१ को कार्य थालनी गर्यौं ।

मैले पदभार ग्रहण गरेसंगै वीरता जेसीजको सन् २०२१ को कार्य अगाडी वढाउनका लागि १५ जना संयोजक चयन गरेर उहाँहरुलाई जिम्मेवारी प्रदान गरें । जसले गर्दा मलाई वीरता जेसीजको गतिविधी अगाडी वढाउन सहज भयो । हामीले २०७७ साल माघ १६ गते २०६२/०६३ को दोस्रो जनआन्दोलनमा झापाको चन्द्रगढीमा सेनाको गोली लागेर शहीद भएका सुरज विश्वासको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनकी माता मिना विश्वासलाई सम्मान गरेर शहीद दिवस मनायौं ।

प्रत्येक वर्ष माघ १६ गते हुने शहीद दिवसको औपचारिक कार्यक्रममा मात्र शहीदलाई सम्झिएर शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता व्यक्त गरेपनि त्यो औपचारिकतामा सिमित भएकाले हामीले वास्तविक शहीदको पहिचान गरी शहीदपरिवारलाई सम्मान गरेर शहीद दिवस मनाएको भन्दै अतिथिहरुले प्रशंसा गर्दा हाम्रो छाती गर्वले फुलेको थियो । वीरता जेसीजका पदाधिकारी तथा नयाँ सदस्यहरुलाई जेसीजप्रति जिम्मेवार वनाउनका लागि हामीले २०७७ साल माघ १९ गते प्रि इण्डक्सन एण्ड लोम अफिसर्स तालिम प्रदान गर्यौं ।

२०७७ साल माघ २० गते झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् कारागारमा रहेका कैदीबन्दीका छोराछोरी, असहाय र विपन्न विद्यार्थीहरुलाई हामीले खाद्यान्न र न्यानो टोपी वितरण ग¥यौं ।
वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काका छोरा जीसल खड्काको जन्मदिनको अवसर पारेर हामीले कैदीबन्दीका छोराछोरी, असहाय र विपन्न विद्यार्थीसंग खुशी साटासाट गर्यौं भने वीरता जेसीजका स्वास्थ्य संयोजक घनश्याम चौधरीको जन्मोत्सवको अवसर पारेर २०७७ साल माघ २६ गते बिर्तामोड–९ गरामनी सतालसिंहबाडी निवासी सम्पतलाल राजवंशीलाई खाद्यान्न सामग्री प्रदान गर्यौं ।

त्यस्तै, वीरता जेसीजका जनसम्पर्क अधिकारी अनन्तलाल महतोको जन्मदिन पारेर २०७७ साल माघ २७ गते झापाको गौरीगञ्ज–३ मा रहेको गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत् एक सय ६० जना विद्यार्थीलाई स्वीटर वितरण गर्यौं । २०७७ साल माघ २९ गते इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनलाई हामीले ह्वीलचेयर प्रदान गर्यौं । यो कार्यका लागि हामीलाई पूर्व अध्यक्ष सजेश शिवाकोटीले ठूलो गुन लगाउनु भयो । उहाँले वीरता जेसीजले प्रदान गरेको दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कारको रकमले ह्वीलचेयर खरिद गरी हामीलाई दिएर गुन लगाउनु भयो ।

हामीले २०७७ साल फागुन ३ गते झापाको चन्द्रगढीमा रहेको जिल्ला कारागारमा रहेका महिला कैदीवन्दीहरुलाई ब्ल्याङ्केट, लत्ताकपडा र सेनेटरी प्याड प्रदान गरी उनीहरुलाई सान्तवना दियौं ।

वीरता जेसीजका सदस्य कुशल खतिवडाको जन्मदिनमा २०७७ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन अर्जुनधारा–९ आनन्दनगरस्थित वालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत् ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता मोजा प्रदान गर्यौं भने २०७७ साल फागुन १२ गते दुर्घटना न्यूनीकरण संयोजक मिक्की कार्कीको जन्मदिनमा विद्यार्थीलाइ शैक्षिक सामग्री र स्वास्थ्य सामग्री प्रदान गर्यौ ।

हामीले २०७७ साल फागुन २० गते वीरता जेसीजमा आवद्ध बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै कार्य सफलताको शुभकामना दियौं भने “बलात्कारमुक्त समाजको परिकल्पना,शान्ती सुशासन र समृद्ध नेपाल हाम्रो चाहना“ भन्ने नारा लिएर मेची–महाकाली साइकल यात्रामा निस्किएका बाह्दशीका अभिषेक धमला झापाली कान्छा र आकाश क्षेत्रीलाई सम्मानसहित वीरता जेसीजको लोगो अंकित टी–सर्ट प्रदान गर्दै विदाइ गर्यौं ।

२०७७ साल फागुन २१ गते हामीले सूर्योदय नगरपालिका –१४ लक्ष्मीपूरस्थित वुद्ध माध्यमिक विद्यालयमा विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिवसिय निःशुल्क आँखा शिविर आयोजना गरी त्यहाँका वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्यौं भने एड्भान्स प्याथोलोजी बिर्तामोडको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत् विद्यार्थीको रक्त समूह परिक्षण गरी सोही विद्यालयको पुस्तकालयका लागि दुई सय ५० भन्दा वढी पुस्तक प्रदान गर्यौं । हामीले गरेको सेवाको प्रशंसा गर्दै वुद्ध माध्यमिक विद्यालयले २०७७ साल फागुन २८ गते हामीलाई सम्मान गर्यो । जुन सम्मानले हामीलाई अझ हौसला थप्यो । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मसात गर्दै बिर्तामोड –५ धिमाल चोकमा अस्थाई वसोवास गर्दै आएका टिपी धिमाललाई मैंले जेसीज आवास निर्माणका लागि २०७७ साल चैत ५ गते अर्जुनधारा –९ मा रहेको १० धुर जग्गा निःशुल्क प्रदान गरें । त्यहाँ हामीले उनलाई घर निर्माण गरिरहेका छौं ।

२०७७ साल चैत २१ गते हामीले नेपाल जेसीजको तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा वीरता जेसीजसहित झापा जिल्लाभरीका सबै शाखाका पदाधिकारीहरुलाई मल्टी च्याप्टर तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिम, नेतृत्व विकास कला, माइन्युट लेखन तालिम प्रदान गर्यौं ।
२०७७ साल चैत २३ गते गाउँ तथा शहरमा हुने आगलागीका घटना नियन्त्रणका लागि विद्यार्थी तथा अभिभावकलाई अग्नि नियन्त्रण तालिम प्रदान गर्यौं भने २०७७ साल चैत २६ गते इलाम सूर्योदय नपा फिक्कलमा रहेको सूर्योदय जेसीजलाई प्रस्तावित जेसीजको रुपमा हामीले प्रस्ताव गर्यौं ।
२०७८ वैशाख ३ गते बीरता जेसीजको आयोजनामा झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’को तयारी बारे पत्रकार सम्मेलन गरिए पनि कोरोना संक्रमणको त्रासका कारण उक्त प्रतियोगिता हामीले गर्न सकेनौं ।

२०७८ साल वैशाख ४ गते वीरता जेसीजका पूर्व अध्यक्षहरुको अगुवाईमा हुने उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा वीरता जेसीजसहित झापाका एक सय ३१ भन्दा वढी सामाजिक संघसंस्थाले झापाका अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, कञ्चनजंगा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गर्यौं ।

२०७८ साल वैशाख ६ गते २०६२/० ६३ को दोस्रो जनआन्दोलनका क्रममा झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका शहीद राजन गिरीको शालिकमा माल्यार्पण गरी शहीद गिरीका पिता केदार शमसेर गिरी, मातालाई सम्मान गर्यौं भने बिपन्न अवस्थाका पाँच परिवारलाई खाद्यान्न वितरण गर्यौं ।
२०७७ साल वैशाख ७ गते वीरता जेसीजद्वारा प्रकाशित २०७८ सालको भित्तपात्रो लोकार्पण तथा नव वर्ष २०७८ को शुभकामना आदान–प्रदान गर्यौं भने २०७८ जेठ ५ गते वीरता जेसीजले अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले शुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियान अन्तर्गत ७५ हजार रुपैयाँ प्रदान गर्यौं ।

२०७८ जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेरे झापाको अर्जुनधारा– ११ स्थित बुट्टाबारीमा रहेको जेसीज वनमा बृक्षरोपण गर्यौं भने २०७८ असार १८ गते वीरता जेसीजले धनकुटा नगरपालिका–६ स्थित जेसीज गाउँका २२ घरपरिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गर्यौं ।
२०७८ भदौ १० गते महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले आफ्नो जन्मोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरे भने २०७८ भदौ १८ गते हाम्रो आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा मिस झापा २०२१ को आयोजना गर्ने निर्णय गरियो ।
२०७८ भदौ २९ गते बिर्तामोड–१० का अपाङ्गता भएका २५ जनालाई खाद्यान्न प्रदान गर्यौं भने २०७८ असोज २ गते झापामा दुर्घटना न्यूनीकरण महाअभियान २०७८ सञ्चालन गरी चालकलाई सम्मान र प्रशिक्षण दियौं ।

२०७८ असोज ९ गते हाम्रो आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा मिस झापा २०२१ अन्र्तगत पहिलो चरणको अडिसन गरियो भने २०७८ असोज १६ गते दोस्रो चरणको अडिसन गरी मिस झापाका प्रतियोगिको छनौट गरियो ।
२०७८ असोज १८ गते मिस झापाका प्रतियोगिको बन्द प्रशिक्षण शुरु गरियो भने २०७८ कात्तिक ८ गते मिस झापा २०२१मा सहभागी प्रतियोगिले आफ्नो ट्यालेन्ट प्रस्तुत गरे ।
२०७८ कात्तिक १२ मिस झापा २०२१ को ग्रान्ड फिनालेबारे े पत्रकार सम्मेलन गरी जानकारी गराइयो भने २०७८ कात्तिक १३ गते नेपाली सेना तथा समुदाय विषयक तालिम सम्पन्न गरियो ।

२०७८ कात्तिक १४ गते पाउ पाथिभरा मन्दिर चारआलीमा सरसफाई गरियो भने २०७८ कात्तिक १५ गते हजारौं दर्शकको उपस्थितिमा मिस झापा सम्पन्न गरियो ।
२०७८ कात्तिक १७ गते मिस झापा २०२१ की विजेता सेविका श्रेष्ठलाई टीभीएसको स्कुटरको साँचो प्रदान गरियो ।
२०७८ कात्तिक २६ गते लागूऔषध तथा दूव्र्यसनबाट टाढा रहौं, समाज तथा राष्ट्र निर्माणमा जुटौं भन्ने नाराका साथ जेसीज सप्ताह शुरु गर्दै विद्यार्थीहरुलाई लागूऔषध तथा दुव्र्यसनविरुद्ध सचेतना प्रदान गरियो ।
२०७८ कात्तिक २७ गते जेसीज सप्ताह अन्तरगत रन बिर्तामोड मिनिम्याराथन दौड प्रतियोगिता गरियो भने रगतको अभाव टार्न रक्तदान कार्यक्रम र सोही दिन बिर्तामोडको मुख्य सडकमा जेब्राक्रस पेन्टीङ गरियो ।
२०७८ कात्तिक २८ गते संसदीय बैठक प्रणाली तालिम गरियो ।
२०७८ कात्तिक ३० गते खुल्ला साँस्कृतिक लोकनृत्य प्रतियोगिता र पुरस्कार वितरण गरी जेसीज सप्ताह समापन गरियो ।
२०७८ मंसीर २४ गते वीरता जेसीजको ४१ औं अधिवेशन गरी सन् २०२२ का लागि नयाँ अध्यक्ष चयन गर्दै आगामी पुस १ गतेदेखि पोखरामा हुने राष्ट्रिय महाधिवेशनमा नयाँ अध्यक्षलाई लिएर गएका थियौं ।

हामीले वीरता जेसीजका वोर्डका पदाधिकारी र अन्य सदस्यहरुलाई सक्रिय वनाउँदै उनीहरुको रचनात्मक कार्यशैलीको उच्च मूल्याङ्कन गर्दै १२ जना वोर्डका पदाधिकारी र अन्य सदस्यहरुलाई जेसी अफ द मन्थ अवार्ड बितरण गर्यौं । जसले गर्दा वीरता जेसीजको सन् २०२१ को कार्यकाल सफल भयो ।
हामीले गरेको कार्यलाई मूल्याङ्कन गर्दै नेपाल जेसीजले वीरता जेसीजलाई त्रैमासिक उत्कृष्ट पुरस्कार प्रदान गरेको छ भने कोभिड–१९ इन्सेन्टिभ प्रोग्राम अवार्ड एरिया ए २०२१ र मोस्ट आउटस्टेन्डिङ लोम प्रोजेक्ट अवार्ड एरिया ए २०२१ प्रदान गरेर अझ हौसला वढाउने काम गरेको छ ।
त्यस्तै मोडल सङ्स नेपालको आयोजना तथा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक र बाईटस पाण्डाको सहकार्यमा दुवईमा भएको एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बितरण कार्यक्रममा वीरता जेसीजले गरेको सामाजिक कार्यका लागि एमएसएन एक्सिलेन्स अवार्ड २०२१ प्रदान गरेर वीरता जेसीजलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम हाम्रै कार्यकालमा भएको छ ।

सवैको सद्भाव र सहयोगबाट यो कार्य सम्भव भएको हो ।
मलाई यो कार्यकाल सफल बनाउन मेरो महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले मलाई हरसम्भव सहयोग गर्नु भएको छ ।
सन् २००९ मा जेसीआई सिनेटर प्रशान्त भण्डारीले मलाई वीरता जेसीजको सदस्य नवनाउनु भएको भए म आज यो अवस्थामा हुन्न थिएँ । मैलें जेसीजमा आवद्ध भएर सिकेको सिपले मलाई अघी वढ्न प्रेरणा दिइरहेको छ । मेरो बुबा नरेशमान, आमा सम्पति,श्रीमती एलिना छोरा सम्राटलगायतले मेरो जेसीज यात्रा अघि वढाउन गरेको सहयोगप्रति नतमस्तक छु ।

हाम्रो कार्यकाल सफल वनाउन सहयोग गर्नुहुने वीरता जेसीज वोर्डका साथीहरु, संयोजक तथा सदस्यहरु, संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, निवर्तमान अध्यक्षज्यू, नेपाल जेसीज, राजनीतिक दल, प्रशासनिक तथा सुरक्षा क्षेत्र, सामाजिक संघसंस्था, व्यवसायिक प्रतिष्ठान, सहयोगि दाताहरुमा हार्दिक कृतज्ञतासहित आभार व्यक्त गर्दछु ।
धन्यवाद, जय जेसीज !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर