Aamsanchar

गोकर्णेश्वर नगरपालिकामा नयाँ विधीबाट फोहोर व्यस्थापनमा गर्न सुरु

Author Image
बुधवार, चैत ३०, २०७८

नगरपालिकाहरुमा फोहोर व्यवस्थापन सबैभन्दा धेरै चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले चुनौतीलाई सहजै रुपमा चिर्दे आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न शुरू गरेको छ । घरघरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई धुँवारहित रूपमा जलाउने कार्य सुरू गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख सन्तोष चालिसेले यसरी फोहोर व्यवस्थापन गर्ने गोकर्णेश्वर नगरपालिका नेपालमै पहिलो नगरपालिका भएको दाबी गरे ।

उनले भने,“इन्सिनरेटर मेसिन पू्र्णरूपमा सञ्चालनमाआउने क्रममा छ । यस्तै, तीनवटा मेसिननगरपालिकाकाविभिन्न स्थानमा राख्ने हो भने सिङ्गो नगरपालिकालाई फोहोर व्यवस्थापनको कुनै चुनौतीहुँदैन ।” गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 702

प्रतिक्रिया (०)