रामचोक । झापाको विर्तामोड–१ मा रहेको देवी पञ्चकन्या क्षेत्र जलमग्न भएको छ । गए राती देखि भएको अविरल बर्षाको कारण सो क्षेत्र जलमग्न बन्न पुगेको हो । उचित ढल निकासको व्यवस्थापन नगरिकन गरिएको प्लानिङ पानी जम्नुको अर्को कारण बनेको छ ।
हरेक बर्ष बर्षायाममा सो क्षेत्रमा डुवान हुने गरेको छ । बिर्तामोडकै घना बस्ती भएको ठाउँमा दर्जनौ घरहरु डुवानमा परेका छन् । बाटोहरुमा जतात्यतै पानी बगिरहेको छ । देवी पञ्चकन्यामा निर्माण गरिएको प्रदेश १ कै अग्लो शिव प्रतिमा स्थल पनि जलमग्न बनेको छ । यतिखेल मानिस आवतजात गर्न र सवारी आवगमनमा पनि असहज सिर्जना भएको स्थानियहरुको भनाई रहेको छ ।
स्थानीय सरकारले सो क्षेत्रमा पानी निकासकालागि दिर्घकालिन योजना अनुसार पानी नियन्त्रण गर्ने काम गर्नु पर्ने पानी प्रभावितहरुको माग रहेको छ ।
फोटो फिचर हेर्नुहोस् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
1
+1
1
+1
+1
1
Views: 1210