Aamsanchar

जेसीजको टटबाट ५२ जना दीक्षित

Author Image
आइतवार, साउन २२, २०७९

सुरुङ्गा  । नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको संयोजनमा आयोजित चार दिने प्रशिक्षकका लागि प्रशिक्षण (टट) बाट ५२ जना दीक्षित भएका छन् ।
साउन १८ गते कनकाई नगरपालिकाका प्रमुख सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्रकुमार पोखरेलले सुरुङ्गामा उद्घाटन गरेको टटमा देशभरका जेसीजहरूबाट प्रशिक्षार्थी सामेल थिए ।
शनिवार सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारी र विशिष्ट अतिथि कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटीले दीक्षित प्रशिक्षार्थीलाई प्रमाणपत्र र ब्याज वितरण गरेका थिए ।

सुरुङ्गा जेसीजका तालिम संयोजक रिसवसिंंह चाहारको संयोजकत्वमा आयोजित कार्यक्रमको अध्यक्षता सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले गरेकी थिइन् । मन्तव्य राख्दै प्रमुख अतिथि भण्डारीले युवाहरू समाजमा विश्वासिलो बने मात्र समाज रूपान्तरणमा भूमिका खेल्न सक्ने बताए । उपमेयर शिवाकोटीले सहकार्य, सहअस्तित्व र सहभागिताका आधारमा कनकाई नगरपालिका युवाहरूसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताइन् । नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश अधिकारीको विशेष आतिथ्य रहेको कार्यक्रममा सहभागीको तर्फबाट पदम कुँवर, सुमित्रा भट्टराई, सागर शिवाकोटी र स्वस्तिका आचार्यले अनुभूति मन्तव्य राख्दै तालिम उपलब्धिमूलक, ऐतिहासिक र जीवनोपयोगी रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह साँवा लिम्बू, नेपाल जेसीज क्षेत्र ‘क’ तालिम संयोजक राजेश खत्री, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनील तिम्सिना, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जबिन तिम्सिना लगायतले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थीलाई सुझाएका थिए ।

सन् २००८ मा स्थापना भएको सुरुङ्गा जेसीजले यस अघि सन् २०१३ मा पनि राष्ट्रिय स्तरको टट ट्रेनिङ सम्पन्न गरेको थियो । त्यस पछि सन् २०१८ मा क्षेत्र (क) सम्मेलन गरेर नेपाल जेसीजमा आफ्नो छबिलाई स्थापित गराएको सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन उप्रेतीले जानकारी दिए । यस पटकको तालिममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष तीर्थराज पौडेलले प्रमुख प्रशिक्षक, बिराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाईँ र नेपाल जेसीजका पूर्व उपाध्यक्ष मोहन श्रेष्ठले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । सो चार दिने टटमा सुरुङ्गा जेसीजका तर्फबाट रिसबसिंह चहार, मेनुका उप्रेती, विवेक शिवाकोटी र निर्मला खडकाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीज २०२२ का महासचिव दुर्गाप्रसाद पाठक (राजु) ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर