Aamsanchar

बिर्तामोडमा बालबालिकामा देखिने अटिजम रोग बारे कार्यशाला  सम्पन्न

Author Image
आइतवार, भदौ ५, २०७९


बिर्तामोड । वत्सल्य फाउन्डेसनको आयोजनामा झापाको बिर्तामोडमा अटिजम सम्बन्धी एक दिने कार्यशाला  सम्पन्न भएको छ । शनिबार भएको कार्यशालामा डा. सन्दर्भ भण्डारी (न्यूरोसाइकियाट्रिस्ट) डा. रूपक आचार्य वरिष्ठ बाल रोग विशेषज्ञ, प्रेस्का उदास ,व्यवहारिक चिकित्सक गङ्गा गुरुङले कार्यशालामा प्रस्तुतीकरण गरेका थिए ।

कार्यशालामा झापा, मोरङ, सुनसरीका गरि १ सय २० जना  अभिभावक  तथा  शिक्षक हरूको सहभागिता रहेको  थियो ।

अटिजम लक्षणको पहिचान र समयमै उचित रेखदेख, अटिजम लगेका  बालबालिकाको मस्तिष्क , शारीरिक  विकासको क्रममा  आउने चुनौतीको बारेमा  चर्चा  गरिएको गरिएको थियो ।

अटिजम भनेको के हो र?
अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो ।
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।

अटिजम हुनुको कारण के हो ?
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानले यसको ठोस कारण यही हो भनेर किटान गर्न सकेको छैन । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभाव हो भन्ने गरिन्छ । यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुनसक्छ ।

अटिजमको सामान्य लक्षणहरु के–के हुन् ?

एक्लै खेल्न मन पराउने
आँखा जुधाउन नसक्नु
अस्वभाविक रुपमा हाँस्ने वा कराउने,
उमेर अनुसार बोली नफुट्ने,
आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने
घाउचोट लाग्दा दुखाई महशुस नहुनु,
सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु ब्गतष्कm क्ष्ल प्ष्मकस् ऋबगकभक, क्थmउतयmक ७बmउस च्झभमष्भक
साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु
उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु
ठूलो आवाज सुन्दा कान थुन्ने
झर्को लागेको जस्तो व्यवहार देखाउने
एउटै मात्र खेलौना खेलिरहनु
सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु

अटिजम हुन नदिने के गर्ने ?
गर्भधारणको समयदेखि जन्म अवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट फोलिक एसिड आदिको सेवन गर्ने ।
आफ्नो बालबालिकालाई अभिभावकले अधिकांश समय दिने
आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशिल गराउने
आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह सुझाव लिने ।
जति चाँडो बच्चाको अवस्था थाहा हुन सक्यो, त्यति नै उनीहरुको सञ्चार सहज तुल्याउन मद्दत पुग्ने हुन्छ । थेरापीको माध्यमबाट सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस कामका लागि अटिजम केन्द्रको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यसमा बच्चाले भन्दा पनि अभिभावकले पहिले थेरापी लिन जरुरी हुन्छ । विद्यालय वा अन्य केन्द्रहरुमा गरिएको थेरापी केही कालको लागि मात्र हुने भएकोले उनीहरुले आफ्नो क्षमता अनुसार थेरापी प्रशिक्षण तालिम लिनु जरुरी छ ।

अटिजम भएको या नभएको कतिबेला शंका गर्ने ?
अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ ।

बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ । अटिजम स्नायु तथा नसाको विकासमा आउने ¥हासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो ।

यो समस्या कसरी पहिचान गर्ने ?
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गा¥हो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहो¥याउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्न गा¥हो हुन्छ । शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ ।

अटिजम दुई प्रकारको हुन्छ, हाइपर र लो । हाइपर भए बालबालिकामा प्रकाश, गन्ध, स्वाद, वासनामा बढी संवेदनशील हुने र अत्यन्त कम हुने हुँदा ठूला सामान उठाउन सक्छन् भने साना सामान उठाउन सक्दैनन् ।

उपचार के हुनसक्छ ?
यो रोगको उपचार थेरापी नै हो । समयमै रोग पहिचान गरी विहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रथम गुरु नै अभिभावक हुन् । अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउने अवसर प्राप्त गर्छन् । त्यसैले यस्तो समस्या भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक हुन्छ । उनीहरूले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिनुपर्छ । यो आजीवन रहने समस्या हो । अटिजम भएकाहरू बौद्धिक रूपमा ठीक भए पनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् ।

नेपालमा यस्तो समस्या भएका बालबालिकाहरूको अवस्था के–कस्तो छ ?
अटिजम भएका बालबालिकाले उमेर पुग्दै गएपछि पनि आफ्नो उमेरका साथीसरह गतिविधि गर्न नसक्ने, गतिविधि गरे पनि एउटै गतिविधि धेरै गर्ने वा अत्यन्तै कम गर्ने जस्ता समस्या देखिन्छन् । यस्ता बालबालिकामा भाषाको विकास हुँदैन । नेपालमा अटिजम भएका सबै बालबालिकाको पहिचान नहुँदा अभिभावक तथा बालबालिका दुवै पीडित हुनुपरेको छ । पहिचान नहुँदा यस्ता समस्याले ग्रसित बालबालिकाहरू खोरमा, घरको कोठामा डोरीले बाँधिएर वा सिक्रीले बाँधिएर थुनिएको अवस्था छन् ।
ध्यान दिनुपर्ने कुरा समस्या पहिचान गरी परिवारले उनीहरूको व्यवस्थापनसम्बन्धी तालिम लिएपछि यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सक्छन् । संगीत, आर्टस् थेरापीजस्ता क्रियाकलापबाट उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । यो समस्या पूर्णरूपमा समाधान नभए पनि केही सहजीकरण भने गर्न सकिन्छ ।

सो कार्यशालाको समापनको क्रममा वत्सल्य फाउन्डेसनको लक्ष्य, आगामी योजना र सो संस्था गैर नाफामूलक रहेको वत्सल्य फाउन्डेसनकी संस्थापक नेहा साहेवालाले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर