Aamsanchar

आजको राशिफल (६ भदौ २०७९, सोमवार)

Author Image
सोमवार, भदौ ६, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
कुनै दुर्घटना वा अपमानका कारण तपाईंको मनोबलमा कमी आउने छैन, आफ्नो व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । बढुवा वा प्रशंसा प्राप्त गर्ने र थप जिम्मेवारी ग्रहण गर्ने दिन हो । आफन्त वा नातागोताको कुनै काममा सघाउने परिस्थिति पनि बन्नसक्छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफलता पाउन सकिन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । रिस र घमण्डको कुचक्रमा फँस्ने दिन हो । आत्मसंयम बन्ने प्रयास गर्नुहोला, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड÷जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सबलता प्राप्त हुनेछ, कुनै कुराले चिन्तित तुल्याएको छ भने त्यसलाई सेयर गरेमा समाधानको बाटो पहिल्याउन सकिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । कर्मको प्रतिफल प्राप्त हुँदा मानसम्मान बढ्नेछ, उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ । ठूलाबडाको सद्भाव प्राप्त भएमा नबन्ने काम पनि बनाउन सकिने छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा विवाद हुने सम्भावना छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आम्दानीको मार्ग बढ्नेछ र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्नेछ, तर आम्दानीका तुलनामा बढी खर्च हुनेछैन । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । घरिघरि मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । आज १० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 554

प्रतिक्रिया (०)

सम्बन्धित खबर