Aamsanchar

वृद्ध आश्रममा सामूहिक तिज मिलन, उद्यमी र वृद्धवृद्धा खुसीले दंग

बिर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाले तिजको अवसरपारेर आज बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्ध आश्रम) मा सामूहिक तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
तिजको अवसरमा टोल टोलमा तिजको रमझम चलिरहँदा आश्रममा बस्ने आमा – बुवा हरूलाई खल्लो महसुस नहोस् भनेर उद्यमी महिला संघले आश्रममा तिज मिलन कार्यक्रम आयोजना गरेको संघकी अध्यक्ष पार्वता विमली खरेलले बताइन ।

तिजको अवसरमा होटल, पार्टी प्यालेस सदन हरूमा तिज कार्यक्रम गरेर रमाइलो गर्नु भन्दा दीनदुखी ज्येष्ठ नागरिकहरू सँग तिज मनाउन पाउदा आफूहरूले धेरै खुशी महसुस गरेको कार्यक्रममा सहभागी महिलाहरूले बताए । तिजका मौलिक गितहरुमा महिलाहरुले नाचगान गरेका थिए । रमाइलो नाचगानले गर्दा वृद्ध आश्रमका वृद्धवृद्धा र महिला उद्यमीहरु खुसीले दंग भएका थिए ।

नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली खरेलको अध्यक्षतामा आयोजना भएको तिज मिलन कार्यक्रमको प्रमुख अतिथिमा कनकाई कलेजकी सञ्चालक अन्जना ढुङ्गाना रहेकी थिइन् ।

कार्यक्रममा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, नारी सञ्चारगृहकी अध्यक्ष भिमा सिवाकोटी, एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, वीरता लेडी जेसीज पूर्व अध्यक्ष उर्मिला विमली खरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, इनरवील क्लब अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष सम्झना भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत वरिष्ठ उपाध्यक्ष निरुमाया पुलामी र सञ्चालन महासचिव यशोदा प्रसाईँले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
राम्रो र मिठो सेलरोटी कसरी बनाउने ?
शुक्रवार, कार्तिक १६, २०८१