Aamsanchar

समाज विकास गर्न भन्दै मेचीनगर भानु टोलका युवाहरू सङ्गठित

Author Image
आइतवार, भदौ २६, २०७९

सरसफाई ,वातबरण र सडक बत्ती पहिलो प्राथमिकतामा

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नं ६ पूर्वी भानुटोलका युवाहरु आफ्नो गाउँ विकासमा जुटेका छन् । भानुटोल युवा परिवार मेचीनगर—६ काँकरभिट्टा गठन गरेरै युवाहरु आफ्नो गाउँ बनाऔँ भन्दै उनीहरुले विकासका गतिबिधिहरुलाई समेटेर सकरात्मक सामाज र गाउँको निर्माण गर्ने तर्फ लागेका हुन् ।

नयाँ संरचना र स्थानीय सरकार पश्चात गाउँघरमा विकासको लहर सँगै पूर्वी भानुटोलका युवाहरु बिभिन्न बाटो घाटोलगायत अन्य विकासको काममा उनीहरु जुटेका हुन् । टोल र गाउँ सरसफाईमा युवाहरु अहिले सक्रियरुपमा लागेका छन् । हरेक साताको शनिबार युवाहरु भेला हुन्छन् र साप्ताहिकरुपमा गाउँ सरसफाईमा गर्छन् ।

युवा परिवारमा कृष्णबहादुर कुवंर, नविन उप्रेती, गोपाल बुढाथोकी, मिलन श्रेष्ठ, आदेश उप्रेती, अंशुमान खवास, भगेन्द्र खवास, प्रेमबहादुर खवास, सुरज श्रेष्ठ, रोहन खवास, आयुष उप्रेती, सुजन प्रधान, राज श्रेष्ठ, आभास आचार्य, सचिन खत्री, टंकप्रसाद खनाल, रोशन खवास, उत्सव पराजुलीलगायतले रहेका छन् ।

बढ्दो विकास सँगै गाउँघरको विकासमा सहजता आउने र विकसित गाउँ वस्ति बन्ने अभियान्ता कृष्णबहादुर कुवंरले बताउनुभयो । उनीहरु अभियानमा गाउँका ज्येष्ठ नागरिक, युवा, बद्धिजिवि, समाजसेवी, अग्रज, महिला र सिक्षकहरुको समेत सहभागीता रहेको छन् । मेचीनगर नगरपालिका, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, वडान्बमर ६ र ७ , सशस्त्र प्रहरी बल नेपाल वीओपी सतिघट्टा, अस्थायी प्रहरी पोसट सतिघट्टाले सहयोग गरीरहेका छन् ।

युवाहरुको अभियानमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, वडानम्बर ६ र ७ का वडाध्यक्ष क्रमस ललितबहादुर तामाङ्ग, प्रल्हादमणि उप्रेतीसहित दुवै वडाका जनप्रतिनिधि, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुली, पत्रकार लक्ष्मी उप्रेती, सशस्त्र प्रहरी बल नेपाल वीओपी सतिघट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउत, अस्थायी प्रहरी पोस्ट सतिघट्टाका प्रमुख प्रहरी सहायक निरीक्षक पुष्प पोखरेल, राजनीतिककर्मी सुशील आचार्यलगायतले सहयोग गरीरहेको युवा परिवारले जनाएको छ ।

सरकारको मात्र मुख ताक्नाले विकासमा ढिला सुस्ति र गाउँको विकासमा समेत असर पर्ने युवाहरुको बुझाई छ । मानिसले गर्न सक्ने विकास कार्यमा आफूले पनि सहयोग गरेमा गाउ्ँ विकासमा छिटो सुविधा मिल्ने अर्का अभियन्ता सुर्य श्रेष्ठको भनाई छ । श्रेष्ठले आफ्नो सक्दो काममा युवाहरुको लगानी भएमा गाउँघरलाई छिटै विकासोन्मुख तर्फ लैजान सकिने बताउनुभयो ।

गाउँका युवा नमुना गाउँ वनाउने अभियानमा जुटेका कारण आफुले समेत उनीहरुमा उर्जा थप्न उनीहरुसँगसँगै हिडेको ८२ वर्षीय देविप्रसाद उप्रेतीको भनाई छ । उच्च शिक्षा हासिल गर्न नपाउँदै युवाहरुले गाउँ छोड्ने गरेको गुनासो आइरहेका वेला यहाँका युवा आफ्नो गाउँ आफै वनाउँ अभियानमा सक्रिय हुनुले सकरात्मक सन्देश जाने उहाँको भनाई छ ।

गाउँमा हुने विभिन्न विकृति विसंगतीलाई हटाई समृद्ध समाज निमार्ण गर्ने सकल्पका साथ अभियानमा जुटेको अभियन्ता विवेक उप्रेतीको भनाई छ । युवा परिवारले समृद्धीका लागि योजना निर्माण गरी कार्यन्वयन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले समितिले गाउँमा हुने विकास निमार्णका कामदेखि गाउँघर सरसफाई, जुवातासको अन्त्य, मदिराजन्य पदार्थको निगरानी लगायतका काम युवाहरुले गरिरहेको बताउनुभयो । गाउँमा सडक बत्ती, बृक्षारोपणदेखि प्रत्येक ठाउँमा फोहोर संकलनका लागि डस्विनकोे उचित व्यवस्थापमा पनि युवाहरु जुटेका छन् ।

गाउँमा हुने प्रत्येक योजनामा युवा सहभागितालाई जोड दिँदै आएको अभियानमा सहभागी दीपेन्द्रराज उप्रेतीको भनाई छ । ‘युवाहरुको योजना अनुसार साताको शनिवार गाउँघर सरसफाई कार्यक्रम हुन्छ ’ उप्रेतीले भन्नुभयो — ‘समाजमा सुशासन कायम गर्न युवाको महत्वपुर्ण भुमिका छ ।’

युवाहरु एकजुट भएर समाज रुपमान्तरणमा लाग्नु राम्रो पक्ष भएको काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताउँनुहुन्छ । गाउँमा बृक्षारोपण, आयोजाना अनुगमन, सरसफाई चेतना अभिवृद्धि लगायतका विभिन्न विषयमा जनचेतना दिने योजना युवाहरुले अघि सारेको उहाँको भनाई छ । गाउँमा हुने विकास निमार्णमा युवाले अहम भूमिका निर्वाह गर्ने गरेका छन् ।

युवाहरुले हरेक दिनजसो कुनै न कुनै नयाँ योजना बनाउँछन् । सोही अनुरुप युवाहरुले साताको एकदिन शनिबार आफ्नो गाउँ आफै वनाउँ अभियान सुरु गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)