Aamsanchar

मेचीनगरमा आगलागी

Author Image
शुक्रवार, असोज १४, २०७९

मेचीनगर ।  झापाको मेचीनगर ६ नकलबन्दा नजीरहेको कालीमन्दिर भन्ने ठाउँका स्थानीय विजय राजवंशीको घरमा शुक्रबार विहान ६ बजेतिर आग्लागी भएको छ । आग्लागीका कारण १७ लाख रुपैयाँ बराबरको क्षति भएको र आगो नियन्त्रणमा लिने क्रममा घरधनी राजवंशी घाइते भएको बताइएको छ । उहाँको अवस्था सामान्य छ । उहाँलाई तत्कालै उपचारकालागि स्वास्थ्य केन्द्र लगिएको थियो ।

एकतले ४ कोठे पक्की घरमा आग्लागी हुदाँ पसल समेत सञ्चालन गरिरहेका कारण यति धेरै क्षति भएको पीडितको भनाई छ । खाना पकाउने ग्यास चुहिएर घटना भएको पीडितको भनाई छ । आग्लागीबाट एउटा मोटरसाईल, साईकल , फ्रिज, लत्ता कपडा फर्निचरका सामान, भाडावर्तनलगायतका सामान डढेर नष्ट भएका छन् । प्रहरीले करीव १७ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण संकलन गरेको छ ।

घटना लगत्तै मेचीनगर नगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी, नेपाल, सशस्त्र प्रहरी स्थानीयवासीले समयैमा आगो नियन्त्रणमा लिइएका कारण थप क्षति हुनबाट जोगिएको स्थानीयको भनाई छ । घटनाको जानकारी प्राप्त हुन साथ मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको वारुणयन्त्रलाई घटनास्थलतर्फ पठाईएको बताउनुभयो र समयमै वारुणयन्त्र पुगेका कारण थप क्षति हुन नपाएको उहाँको भनाई छ । उहाँले पीडितलाई राहतका लागि नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगरसँग समन्वय गरी प्रारम्भिक राहत उपलब्ध गराउने र स्थानीय सरकारबातर्फबाट समेत राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।

मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य राजु कार्की, मेचीनगर अध्यक्ष राजु ‐खेमराज) पोखरेल पार्टीका ६ नम्बर वडाध्यक्ष प्रितम काफ्लेलगायतले घटनास्थल पुगेर पीडितलाई राहतका लागि पहल गर्ने आश्वसन दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर