Aamsanchar

पब्जी विश्वकपमा नेपाली टिम फाइनल नजिक

Author Image
शनिवार, मंसिर १७, २०७९

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली टिम डीआरएस गेमिङ ‘लास्ट चान्स’ चरणमा प्रवेश गरेको छ । समूह चरणबाट सर्भाइबल स्टेज पुगेका नेपाली टिम डीआरएस र स्काइलाइट गेमिङमध्ये डीआरएस मात्र लास्ट चान्समा पुगेको हो ।

स्काइलाइट गेमिङ भने सर्भाइबल स्टेजको अङ्क तालिकाको २१औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । डीआरएस गेमिङले १२ खेलबाट ३७ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल ११४ पोइन्ट ल्याएर अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ ।

त्यस्तै २१औँ स्थानमा रहेको स्काइलाइट गेमिङले १२ खेलबाट १४ एलिमिनेसन पोइन्ट सहित ६० पोइन्ट ल्यायो ।

सर्भाइबल स्टेजको अङ्क तालिको पहिलो स्थानमा रसियाको पब्जी टिम एचभीभीपी रहेको छ,जसले १२ खेलबाट दुई चिकेन डिनर र ७९ एलिमिनेसन पोइन्ट सहित १४३ पोइन्ट ल्याएको छ ।

त्यस्तै दोस्रो स्थानमा एलजीडी गेमिङ र तेस्रो स्थानमा भ्याम्पायर ई-स्पोर्ट्स रहेको छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को लान्स चान्सको खेल डिसेम्बर ३ र ४ मा हुनेछ ।

लास्ट चान्सको १२ खेलबाट शीर्ष पाँचभित्र पर्ने टिमले अन्तिम चरण अर्थात फाइनल चरणमा स्थान बनाउने छन् ।

यो प्रतियोगितामा खेलेको अर्को नेपाली टिम ‘ट्रेन टु किल’ समूह चरणको खेलमा तेस्रो स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । फाइनलका खेल भने जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जाकर्तामा हुनेछ । श्रोत: टेकपाना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर