Aamsanchar

तराइ विद्यार्थी सेवा समाजले संस्कृति मेला आयोजना गर्ने

Author Image
मङ्गलवार, पौष १२, २०७९

पोखरा ।  तराइ विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन  संस्कृति मेला आयोजना गर्ने भएको छ ।  नेपालका चर्चित हास्य कलाकार आदर्श मिश्रा लाई संस्कृति मेलामा प्रमुख आर्कशक को रुपमा बोलाउने   आज पोखरा विश्वविद्यालयमा  आयोजित एक कार्यक्रममा मेला संयोजक  शंकर शाहले जानकारी  दिए ।

यस संस्कृति मेला २०७९ को पूर्व कार्यक्रमहरू पौषको तेस्रो  हप्ता देखी आयोजना गर्दै माघ १२ गते सरस्वती पूजाको  दिन समापन गर्ने योजना रहेको जानकारी आयोजकले जनाएको छ ।

पूर्व कार्यक्रमहरूमा सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन सांस्कृतिक भिडियो प्रतियोगिता, संस्कृतिका हाजिर जवाफ प्रतोयोगिता, संस्कृतिक व्यक्तित्व, टग अफ़ वार, ट्रेजर हन्ट प्रतियोगिता, फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वती पूजाको दिन बिभिन्न सांस्कृतिक कार्यक्रम साथै     सांस्कृतिक कलाकारहरु झल्काउने कार्यक्रमहरू  आयोजना गर्दै   सांस्कृतिक कार्यक्रम समापन गर्ने योजना रहेको  कार्यक्रमका म्यानेजर शत्रुधन शाहले जानकारी दिए ।

पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबै पक्षलाई साथ दिन  कार्यक्रमका डाइरेक्टर ज्ञानेन्द्र त्रिपाठीले अपील गरेका छन् ।

कार्यक्रममा व्यवस्थापन सङ्ख्याका डीन  दया राज ढकाल ,संस्थापक निर्देशक पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका उमेश गुप्ता, पोखरा विश्वविद्यालय टिचिङ हस्पिटलका निर्देशक दिपेन्द्र यादव ,विद्यार्थी कल्याणकारी तथा अतिरिक्त क्रियाकलापका निर्देश युवराज त्रिपाठी, स्कुल ऑफ हेल्थ एण्ड साइन्सका इन्स्ट्रक्टर भूपेन्द्र शर्मा, परीक्षा समितिका सदस्य राजु पाण्डे ,प्राध्यापक संघका कोषाध्यक्ष रिसब खनाल, सांस्कृतिक कार्यक्रमका सल्लाहकार नमन राज शाहको उपस्थिति रहने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर