बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको अम्बे प्लाइउड उद्योगले शौचालयको दिसा, पिसाब र केमिकल युक्त फोहोर नजिकैको घाग्रा खोलामा मिसाउने गरेको छ ।
अम्बे प्लाई उद्योगबाट उत्पादित केमिकल युक्त फोहोर, उद्योगमा कार्यरत चारसय भन्दा धेरै कामदारको मलमूत्र, खोलामा हाल्ने गरेकोले दुर्गन्ध फैलिएको छ । उद्योगको फोहोरका कारण कनकाई–८ मा बसोवास गर्ने करिव ३० घर परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । उद्योगमा आवास सहित बस्ने करिव ४ सय भन्दा धेरै कामदारहरू पनि दुर्गन्धित ठाउँमा खान र बस्न बाध्य छन् ।
मानव स्वास्थ्य प्रति अलिकति पनि गम्भिर नभई उद्योगका सञ्चालकले वातावरण बिगार्ने गरि खोलामा मलमूत्र, केमिकल मिसाई दिदाँ त्यहाँका स्थानीयहरु पीडित बनेका हुन । उक्त घाग्रा खोला कतिपय स्थानीय हरूको नुहाउने, लुगाधुने र पशुहरूलाई पानी खुवाउने ठाउँ हो । उद्योगको केमिकलयुक्त फोहोर मलमूत्र खोलामा मिसिएको कारण स्थानीयहरुमा सास फेर्न समेत नसक्ने अवस्था बनेको छ । गन्धका कारण र मानिस र पशुहरूमा हैजा फैलिएको पीडित तथा टोल विकास समिति अध्यक्ष भिमप्रसाद दाहालले बताए ।
‘यो समस्या नयाँ होइन ३ वर्ष अघि स्थानीयहरूले उद्योग सञ्चालकको लापरवाही रोकिदिन, खोलामा यसरी फोहोर हाल्न बन्द गराइदिन भन्दै बिर्तामोड–२ का तत्कालीन वडाध्यक्ष, हालका उपमेयर नगेन्द्रप्रसाद संग्रौलालाई अनुरोध गरिए थियो, सङ्ग्रौलाले उद्योगको हेपाहा प्रवित्ति लाई बन्द गराउने आश्वासन दिएको तर कार्यन्वयन नगराएको’ अर्का पीडित विष्णुप्रसाद तिम्सिनाले आमसंचारलाई बताए ।
तिम्सिनाको भनाई अनुसार बिर्तामोडमा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला लाई आमसंचारले बुझ्दा आफूलाई यो विषयमा कसैले जानकारी नगराएको र त्यस्तो समस्या रहेको भए उद्योगलाई समस्या समाधान गर्न लगाउने बताए ।
स्थानीयले उद्योगका सञ्चालक तथा कर्मचारीहरूलाई समस्याको बारेमा जानकारी गराएको तर समस्या समाधानको लागि वास्ता नगरेको र अब समाज र वातावरण संरक्षणको लागि कानुनी उपचार खोज्ने छौ, स्थानीय सरकारलाई मानव बचाउने की उद्योग बचाउने भन्ने प्रश्न गर्ने टोल समितिका सचिव नेत्रप्रसाद सङ्ग्रौलाले आक्रोश पोखेका छन् । उनले भने अब समाज सङ्गठित भएर उद्योगको हेपाइ प्रति प्रतिकार गर्ने छौं ।
कनकाई क्षेत्रमा बसोवास पर्नेहरु पीडित भएकाले बिर्तामोड नगरपालिकाले समस्या समाधान गर्न चासो नदिएको होला । बिर्तामोडले उद्योग बाट लाभ लिने प्रदुषण भने कनकाईका नारिकले सहनु पर्ने यो कस्तो नीति हो । उद्योग सञ्चालन हुनु राम्रो कुरा हो । तर त्यसबाट निस्कने फोहोरले स्थानीय नागरिकलाई कस्तो असर पुर्याएको छ भनेर अनुगमन गर्नु पर्नेमा स्थानीय सरकाले उद्योगलाई फोहोर व्यवस्थापन गर्न लगाउन नसक्नुको पछाडी के रहस्य छ ? किन त्यहाँका जनप्रतिनिधीहरु मौन छन् ? भन्ने पीडित तिलकप्रसाद अधिकारीले प्रश्न गरेका छन् ।
स्थानीयले यद्योगको लापरवाही विरुद्ध कनकाई नगरपालिका वडा नम्बर ८ मा यथाशिर्घ समस्या समाधानको लागि पहल गरिदिन भनेर निवेदन हालेका छन् ।
स्थानीयको निवेदन परेपछि वडाध्यक्ष लिलाबहादुर कटुवाल कनकाई नगरप्रमुख राजेन्द्र कुमार पोखरेल, वडा सदस्य रिता रोक्काले अनुगमन गरेका छन् । अनुगमनको क्रममा शौचालयको फेप्टी ट्याङ्की बनाएको तर ओभर फ्ल्लो भएर खोलामा बग्नेगरी प्वालहरु राखिएको, दैनिक रुपमा सो प्वालहरुबाट मलमूत्र बगिरेको पाईएको नगरप्रमुख पोखरेलले आमसंचारलाई बताए । अब नगरको तर्फबाट पत्रचार गरेर उद्योगलाई खोलामा फोहोर मिसाउने कार्य बन्द गराउने र त्यसका लागि बिर्तामोड नगरपालिका सँग पनि समनवय गर्ने र यो समस्यालाई छिलो हल गर्ने नगरप्रमुख पोखरेलले बताए ।
फोहोर गर्ने उपर ऐनमा के उल्लेख छ
ऐनको दफा ३८ मा १८ प्रकारका कसुर र कसुरपिच्छे फरक–फरक सजायको व्यवस्था गरेको छ । यसर्थ पालिकाले ५ सय, ३ हजार, ५ हजार, १० हजार, १५ हजार, ५० हजार, १ लाख, सोको दोब्बर सजाय गर्न सक्छ । सजायको साथै पालिकाले फोहोरमैलाको व्यवस्थापन गर्न लगाउनेछ । यसमा पनि अटेरी गरेमा आवश्यक निकायमा लेखी पठाएर अतिरिक्त सजाय गर्न सकिन्छ । यसमा प्रमुख जिल्ला अधिकारीले ३ महिनासम्म कैदको सजाय गर्न पाउने कानुनी प्रावधान छ । यी कानुनी व्यवस्थाको गहन अध्ययन गरी प्रत्येक पालिका फोहोरमैला व्यवस्थापनमा सक्रिय हुनुपर्छ ।