Aamsanchar

जय हनुमान । आजको राशिफल (१० माघ २०७९, मंगलबार)

मेष 
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा तारिफयोग्य काम गरेर अवसर हात पार्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम गर्न सकिनेछ। व्यवसायमा पनि प्रगति हुनेछ। मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। तर बिहीवारदेखि परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। चिताएको काम रोकिने सम्भावना छ। सप्ताहान्तमा परिस्थिति अनुकूल हुनाले पुनः उत्साहित भइनेछ।

वृष 
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा स्वास्थ्यमा कमजोरी र व्यावहारिक कठिनाइ देखा पर्नाले काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेतले उपलब्धि दिलाउनेछ। फाइदा उठाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ। सोमवारपछि जिम्मेवारी बढ्नेछ भने नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ भने मनको डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट अलि सजग रहनुपर्ला।

मिथुन 
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा अप्ठ्यारो परिस्थितिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ला। विवादास्पद काममा जुट्नुपर्दा मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनाले समयमा चिताएको काम गर्न नसकिएला। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। साताको उत्तरार्द्धमा काम बनाउन सकिनेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुन सक्छ। मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ।

कर्कट 
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सकारात्मक परिणामले उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। प्रियजनसँगको मतभेदले रमाइलो परिस्थितिलाई खलबल्याउन सक्छ। सोमवारपछि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बलजफ्तीले काम बिग्रन सक्छ। अर्थ अभावले पनि सताउने देखिन्छ। अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला। बिहीवारदेखि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

सिंह 
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरुषार्थले अवसर दिलाउनेछ भने प्रतिस्पर्धीहरू पछि पर्नेछन्। चिताएका काम बन्नाले आम्दानी बढ्नेछ। समय लागे पनि मनग्गे फाइदा उठाउन सकिनेछ। जुझारू क्रियाकलापले धेरैलाई क्रियाशील बनाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ। रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। बिहीवारदेखि स्वास्थ्य कमजोर रहनेछ भने आकस्मिक खर्च बढ्न सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।

कन्या 
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा अवसरभन्दा ठूलो चुनौती देखापर्न सक्छ। खानपानको अनियमितताले स्वास्थ्य कमजोर रहनेछ। तापनि अध्ययनमा प्रगति हुनेछ। सोमवारपछि स्थितिमा सुधार आउनेछ भने पहिलेदेखि रोकिएको काम सम्पादन हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै मनग्य धनलाभ हुनेछ। केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। नयाँ मित्रहरू फेला पर्नेछन् भने प्रेमको बन्धन पनि कसिलो हुनेछ। सप्ताहान्तमा अर्थअभाव, स्वास्थ्यबाधा र काम बिग्रने सम्भावना देखिन्छ।

तुला 
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने समय छ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सद्विचारले प्रेरित हुनेहरूलाई परिस्थिति अनुकूलै रहनेछ। अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। व्यावसायिक काममा भने मिहिनेतले उपलब्धि दिलाउनेछ। बिस्तारै नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आँट गर्दा बुधवारपछि काम सम्पादन हुनेछ। व्यवसायका सन्दर्भमा रमाइलो यात्राको अवसर आउन सक्छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुनेछ।

वृश्चिक 
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विशेष अवसर प्राप्त हुनाले ठूलै काम आँट्न सकिनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। सोमवारपछि पारिवारिक समस्याले सताउन सक्छ। काम गर्दा अवसरवादीहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले दुःख पाइनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापार र उद्योगमा पनि फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सप्ताहान्तमा नयाँ काम हातलागी हुनुका साथै अधिकार र प्रतिष्ठा प्राप्त हुनेछ।

धनु 
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो कार्यक्षेत्रमा अरूले अधिकार जमाउने कोसिस गर्नेछन्। तापनि जुझारू कार्यशैलीले अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। बिहीवारदेखि व्यावहारिक समस्याले अलमल्याउन सक्छ। बिनाकारण आफन्त टाढिनेछन् भने प्रतिस्पर्धा गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। साझेदारीमा अलि सजग रहनुपर्ला। सप्ताहान्तमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा पनि सजिलै लक्ष्य हासिल गर्न सकिनेछ।

मकर 
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा अवसरका लागि दौडधुप गर्नुपरे पनि शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा उछिन्न सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने आलोचकहरू देखापर्नेछन्।

कुम्भ 
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा केही खर्चिलो काममा लगानी गर्नुपर्ला। तत्कालै फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ। आर्थिक अभावले पनि सताउने देखिन्छ। सोमवारपछि स्थिति क्रमशः अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। चल–अचल धन हातलागी हुनेछ।

मीन 
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा आयआर्जन राम्रो हुनेछ। व्यापारमा लाभांश बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगीहरू फेला पर्नेछन्। आम्दानी बढ्नाले सोख पूरा गर्न सकिनेछ। सोमवारपछि फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू पनि टाढा हुनेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि बिहीवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। सहयोगीहरूले साथ दिनेछन्। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। आँटले काम बन्नेछ भने साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर