Aamsanchar

इलाम जिल्लाकै सजिलो र रमाईलो स्थल करसोङ पदमार्ग

Author Image
आइतवार, फागुन २८, २०७९

इलाम जिल्लाको रोङ गाउँपालिकाले गत बर्ष देखि सञ्चालनमा ल्याएको पर्यटकिय गन्तव्य करसोङ मार्ग प्रवेश द्वार । रोङ गाउँपालिका –३ हाँसपोखरीदेखि रोङको ६ नम्बर वडा पाटापुरसम्मको करिब २९ किलोमिटर लामो पदमार्गलाई करसोङ पदमार्ग भनिन्छ ।

लोपोन्मुख जातिको रुपमा सूचिकृत भएको लेप्चा जातिको बसोबास क्षेत्र भएका कारण पनि यस पदमार्गको नाम लेप्चा भाषाबाट राखिएको छ । सुनाखरीलाई लेप्चा भाषामा करसोङ भनिन्छ । अनेक प्रकारका सुनाखरी र वनस्पति, चराचुरुङ्गी लगायत पहाडको थुम्कोबाट तराईको मनोरम दृष्य हेर्न सकिन्छ । साइक्लिङका लागि पनि यो मार्ग आकर्षणमा रहेको छ । पदमार्गको प्रारम्भ विन्दु रोङ–३ हाँसपोखरी हो । चिन्डेपानी, गुगलडाडा, मिरमिरे, झन्डी डाडा, गुनद्रुम डाडा, सलकपुर हुँदै मेची – सिद्धि दोभान पाटापुरमा पुगेर पदमार्ग टुगिन्छ ।

गोल्डेन भ्यालीको नामबाट परिचित सलकपुर यसै पदमार्ग भित्र पर्दछ । २९ किलोमिटर पदमार्ग भएपनि ९ किलो मिटर पार गरेपनि सवारी मार्फत यात्रा गर्न सकिन्छ । पदमार्गको केही उत्तर तर्फ यातायात मार्ग पनि रहेको छ ।

इलाम जिल्लाकै सजिलो र रमाईलो स्थल करसोङ पदमार्ग  पर्छ, गत वर्ष गर्मी सुरु भए सँगै करसोङ पदमार्गमा पर्यटकहरूको घुइँचो लागेको रोङ गाउँपालिकाका अध्यक्ष सुभास तामाङले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर