Aamsanchar

एउटा सिपाही देशको लागि मर्छ तर एउटा कूटनीतिज्ञ देशको लागि ढाँट्छ : बाहिनीपति  पोखरेल

Author Image
सोमवार, फागुन २९, २०७९

बिर्तामोड ।  सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापा पाडाजुङ्गीको स्थापनाको २० औं वर्ष पुरा भएको ।  आज सोमबार २० औं स्थापना दिवसको दिन तालिम केन्द्रमा आयोजित औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति  अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले ‘हिजोको १० वर्षे द्धन्दकालिन अवस्थालाई आजको अवस्थामा ल्याउन  शसस्त्र प्रहरीको योगदान महत्वपूर्ण रहेको छ । सामाजिक रुपमा समावेशीकरण, आर्थिक युगमा विश्वव्यापिकरण, द्रुत सूचना प्रविधिको विकासको कारण भविष्यमा हामिले पेश गर्नुपर्ने सुरक्षा चुनौतीहरू थपिदै गएका छन् ।

हिजोका सुरक्षा समस्याहरू र चुनौतीहरू सामना गर्न प्रयोग गरिएका विधि वर्तमानमा काम नलाग्न सक्छन् । वर्तमानका समस्या भावी सुरक्षा चुनौती सामना गर्न, मानव मानव संसाधन विकासमा जोडदिनु पर्ने’ बताए । ‘उनले भने एउटा सिपाही देशको लागि मर्छ तर एउटा कूटनीतिज्ञ देशको लागि ढाट्छ । ढाँट्ने काम सजिलो छ, मर्ने काममा चै अभिप्रेरित गर्ने जनशक्ति उत्पादन गर्न कठिन छ ।’

कार्यक्रममा राजनीतिक दलका नेता, समाजसेवी, जिल्लाका सुरक्षा क्षेत्रका प्रमुखहरूको उपस्थिति रहेको थियो । पाथीभरा जवान तालिम शिक्षालय झापाका प्रमुख एसपी रमेशकुमार पाण्डेले तालिम केन्द्रको बारेमा जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।     


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर